कीवर्डहरू -

अपडेट

सेयर बजार बारे जानकारी दिने नेप्से एप, यस्ता छन् फिचरहरु 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबारको लागि अनलाइन सिस्टम ल्याएसँगै यसको मोबाइल एप त्यत्ति धेरै चर्चामा छैन । ६ वर्षअघि नै आएको यो एप सेयर बजारमा चासोँ राख्नेको लागि भने उपयोगी छ ।

नेप्सेले सन् २०१५ मा शेयर बजारको जानकारी दिन नेप्से नामक मोबाइल एप सार्वजनिक गरेको थियो । मोबाइलको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै उक्त एप सञ्चालनमा ल्याइएको थियो । जुन बेला नेप्सेले अनलाइन सिस्टम सार्वजनिक गरेको थिएन् ।

त्यो बेला सेयर बजारमा चाँसो राख्ने र कारोबार गरिरहेका लगानीकर्तालाई सेयर बजार सम्बन्धी जानकारी दिने उद्देश्यले नेप्से एप बनाइएको नेप्सेका प्रवक्ता मुरहरी पराजुलीले बताए । नेप्से एप गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ ।

के के सुविधा छन् नेप्से एपमा ?

प्रवक्ता पराजुलीका अनुसार नेप्से एपबाट खासगरी कारोबारको जानकारी हेर्न सकिन्छ । एपमा मार्केटवाच र मार्केट इन्फो गरी २ वटा सेक्सन छन् ।

मार्केट वाचबाट कारोबारको समरी, लाइभ ट्रेडिङ, दैनिक मूल्य र फ्लोसिटको बारे जानकारी लिन सकिन्छ ।  त्यस्तै मार्केट इन्फोबाट नेप्से इनडेक्स र सबइन्डेस्क, नेप्सेमा सूचीकृत भएका कम्पनीको जानकारी, सूचीकृतबाट हटेका कम्पनीको जानकारी, ब्रोकरको जानकारी तथा उत्कृष्त प्रफर्ममेन्स गर्ने कम्पनीको जानकारी लिन सकिन्छ ।

साथै एपमा क्यालकुलेटरको सुविधा पनि रहेको छ । क्याकुलेटरमा क्लिक गरेपछि सेकेण्डरी र आईपीओ अप्सन त्यहाँ देखिने छ । सेकेण्डरी अप्सनबाट तपाईको किनेको वा बेचेको शेयर बारे हिसाब गर्न सक्नुहुन्छ ।

यदि तपाईंले शेयर किन्नु भएको छ र ब्रोकरलाई जम्मा कति रूपैयाँ दिनुपर्छ भनेर थाहा छैन् भने त्यहाँ किनेको शयेर र मूल्यमा राखेमा ब्रोकर कमिसन, सेबोन फी, डिम्याट फि सहित कति तिर्नुपर्छ भनेर देखाउँछ ।

त्यसैगरी तपाईले शेयर बेच्नु भयो कति शेयर बेच्नु भएको छ भने बाइङमा क्लिक गरी कति शेयर कतिमा बेच्नु भयो र पहिले कतिमा किन्नु भएको हो त्यसको जानकारी राखेपछि तपाईले कमिसन तिरेर जम्मा कति रकम पाउनु हुन्छ भनेर थाहा पाउन सकिन्छ ।

एकलाख बढी डाउनलोड

नेपाला सेयर कारोबार गर्ने टिएमएस प्रयोगकर्ता ७ लाखभन्दा धेरै छन् । तर नेप्से एपको डाउनलोड संख्या भने गुगल प्ले स्टोरमा १ लाखबढी देखाउँछ ।

नेप्से एप गूगल प्लेस्टोरमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

नेप्से एपमाभएका सुविधा टिएमएसबाट पनि पाउने भएकाले एप प्रयोग धेरै नगरेको हुन सक्ने पराजुलीको भनाइ छ ।

टीएमएसबाट कारोबार गर्न पनि पाइने र बजारको जानकारी समेत लिन पाइने भएकाले लगानीकर्ताले नेप्से एपमा रूची नदेखाएको हुन सक्छ । तर, मोबाइलमा जति बेला पनि जानकारी लिन सकिने भएकाले एप प्रयोग सजिलो भने छ ।

अपडेट

एप्पललाई ट्रम्प प्रशासनले सन् २०१८ मा डन मेकघानको बारेमा जानकारी मागेको खुलासा

सन् २०१८ मा ट्रम्पको ह्वाईट हाउस क्याउनसेलको बारेमा ट्रम्प प्रशासनले एप्पललाई चुपचाप ड…

नेपाली पब्जी टिम डिआरएस तेस्रो हुदै जित्यो २१ लाख पुरस्कार 

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप २०२१ मा नेपाली टोली डिआरएस गेमिङले तेस्रो स्थान हात पार्द…

विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

विज्ञान शिक्षक समाज नेपाल र यूनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहकार्…

अब साँझ ७ बजेसम्म होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने 

असार १ गतेदेखि अत्यावश्यक वस्तुहरुको होम डेलिभरी सेवा खुल्ला हुने भएको छ ।

गूगलले वेब ब्राउजर जस्तै क्रोम ओएसमा पनि अब छिटो अपडेट दिने

गूगलले वेब ब्राउजर जस्तै क्रोम ओएसलाई पनि एकदमै छिटो अपडेट गर्ने भएको छ । गूगलले …

अनलाइनबाटै निःशुल्क वेब डिजाइन सिकाउँदै ब्रोडवे इन्फोसिस

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क वेब डिजाइन सिकाउने भएको छ । यो निःशुल्क सेस…

करिब ३ अर्ब २८ करोडमा बिक्री भयो जेफ बेजोससँग अन्तरिक्षमा ११ मिनेट यात्रा गर्ने टिकट

अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी ब्लु ओर्जिनले बनाएको न्यु सेफर्ड स्पेस रकेटमा या…

वाईवाई ग्लोकल टिन हिरोको आवेदन खुल्ला, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

वाईवाई ग्लोकल टिन हिरो २०२१ का लागि आवेदन खुल्ला गरिएको छ । किशोर किशोरीहरुमा भ…

यी मोबाइलमा चल्छ टेलिकमको भीओएलटिई सेवा

नेपाल टेलिकमले गत जेठ ३ गते विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपालम…

ट्विटरमा उत्रिए कोरिया जान नपाएका हजारौं युवाहरु, लेखे ‘जस्टिस् फर इपीएस पासर’ 

कोरिया जान भाषा र सीप परीक्षा (इपीएस) उत्तिण गरेका हजारौं युवाहरु अहिले आन्दोलनमा छन् । बाहिर निषेधाज्ञा छ, त्यसैल…

डिशहोमले प्रत्यक्ष प्रसारण गर्दै युरो कप, नेपाली भाषामा पनि कमेन्ट्री सुन्न सकिने

नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ…

यी हुन् उत्कृष्ट १० ‘सेल्फी विथ डटर’ (फोटो फिचर) 

विगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ‘सेल्फी विथ डटर’ अभियान बुधबार एक विश…

अमङ अस गेममा ‘हाईड एण्ड सिक’ मोड सार्वजनिक हुँदै

नेपालमा पनि एकदमै चर्चित भईरहेको गेम अमङ असले ‘हाईड एण्ड सिक’ मोड सार्वजनिक गर्ने…

टेलिकमको एफटिटिएच सेवा लिँदा मोबाइलमा दैनिक ३०० एमबी डेटा निःशुल्क

नेपाल टेलिकमले ‘एफटिटिएच डबल मज्जा अफर’ सार्वजनिक गरेको छ । घरमा पनि इन्टरनेट, म…

सन् २०२२ मा डार्क स्काईको सेवा बन्द गर्दै एप्पल 

एप्पलले डार्क स्काईको आईओएस एप, एपीआई र वेबसाइटलाई सन् २०२२ को अन्त्यसम्ममा बन्द गर्ने…