कीवर्डहरू -

अपडेट

कम्युटर प्रणालीमा नयाँ बसपार्कको ‘टिकट काउण्टर’

हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ।

नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउण्टर कोभिडको दोस्रो लहरको निषेधाज्ञापछि कम्युटर प्रणाली र प्रविधिको प्रयोग गरी सञ्चालनमा ल्याइएको हो ।

टिकट काउण्टरलाई ‘डिजिटल प्रणाली’मा लगेसँगै अब टिकट काउण्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने भएको छ । प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यस्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सक्छन् ।

कम्युटर प्रणाली अपनाएसँगै गाडीमा सिट भए वा नभएको प्रष्ट थाहा पाउने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिन्छ ।

नयाँ बसपार्कबाट हाल ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण खालका सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्कभित्रका ३२ टिकट काउण्टरले हाल कम्युटर प्रणालीमार्फत बसको टिकट काट्न सुरु गरेका छन् ।

ल्होत्सेले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो ।

बस टिकट खरिद तथा बुकिङका लागि क्यूआरकोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । ल्होत्सेले लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरेको हो ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जीनियर दीपक कुँवर टिकट काउण्टरलाई प्रविधिमा लगेसँगै बसपार्कका काउण्टरमा हुने भीडभाड र यात्रु तानातानको अवस्था अन्त्य हुने बताए ।

नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कका रूपमा विकास गर्ने लक्ष्यअनुसार काउण्टरमा प्रविधिको प्रयोगलाई जोड दिइएको अध्यक्ष कुँवरको भनाइ छ ।

ल्होत्सेले नयाँ बसपार्कभित्र चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा  खान र बस्नका लागि होटल तथा लजसमेत सञ्चालनमा ल्याएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं २६ मा रहेको नयाँ बसपार्क ६१ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

ल्होत्सेले यातायात व्यवसायीसँगको सहकार्यमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुलाई रातको समयमा खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल तथा लज सञ्चालनमा ल्याएको ल्होत्सेका मानव संशाधन प्रमुख पङ्कज मल्ल बताउँछन्।

यसभन्दा पहिले विभिन्न जिल्लाबाट रातिको समयमा आएका चालक, सहचालक तथा यात्रु बसोबासका लागि बसपार्क बाहिरका होटलमा जानुपर्ने बाध्यता थियो ।

बसपार्कभित्र आवतजावत गर्ने चालक, सहचालक तथा यात्रुलाई सफा र शुद्ध खानेकुरा खुवाउने उद्देश्यले ल्होत्सेको पहलमा बसपार्कभित्रै खाना घर, खाजा घर, क्याफे सञ्चालनमा ल्याइएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि पहिलो र दोस्रो लहरको कोभिडका कारण बन्दाबन्दी र निषेधाज्ञा हुँदा नयाँ बसपार्क आठ महिना पूर्णरूपमा बन्द रह्यो । कोभिडका कारण बन्द हुँदा नयाँ बसपार्कमा २० करोडभन्दा बढीको नोक्सानी भएको ल्होत्से बहुउदेश्यीय प्रालीले जनाएको छ ।

ल्होत्सेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा एवं कर्मचारीको तलब, सेवा तथा सुविधाका लागि मासिक करोडौँ खर्च हुँदै आएको छ । यस्तै नयाँ बसपार्क सञ्चालनवापत काठमाडौँ महानगरपालिकालाई समेत ल्होत्सेले वार्षिकरूपमा जग्गाको भाडा बुझाउँदै आएको छ ।

विसं २१०२ सम्म ल्होत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गर्न पाउने गरी सम्झौता भएको नयाँ बसपार्क सम्झौता अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ । बसपार्कभित्र निर्माण गरिएका संरचनासमेत महानगरलाई बुझाउने गरी सम्झौता भएको छ । रासस

अपडेट

महालक्ष्मी विकास बैंकले इसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स सेवा दिने

महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने भएक…

क्यूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्रका लागि अब लाइन बस्नु नपर्ने

वैदेशिक रोजगारीमा जानेले क्यूूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्रका लागि सेवाग्…

दुर्गममा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराइने

नेपाल राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्…

भोजबाट फुड अर्डर गर्दा आईएमई पे मार्फत भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने

भोजबाट फुड अर्डर गर्दा आईएमई पेबाट भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने भएको छ …

गुणस्तरीय एवं स्वस्थ दूरसञ्चार सेवा विस्तार गर्ने सञ्चार सचिवको प्रतिवद्धता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ड अर्यालले पदबहाली गरेका छन् । न…

क्यूआर कोडसहितको खोप कार्डका लागि १७ हजारको आवेदन, चार हजारलाई वितरण

सरकारले साउन २१ गतेदेखि कोरोना भाइरस कोभिड–१९ को पूर्ण खोप लगाएकाहरुलाई क्यूआर …

ओप्पोले सार्वजनिक गर्‍यो अन्डर डिस्प्ले क्यामेरा प्रविधि, फुल स्क्रिनको अनुभव पाइने

ओपोले स्मार्टफोनका लागि नेक्स्ट जेनरेशनको अन्डर डिस्प्ले क्यामेरा (यूएससी) प्रविधि सार्…

जूमले सार्वजनिक गर्‍यो नयाँ फिचर फोकस मोड

जूममा नयाँ सुविधा फोकस मोड उपलब्ध भएको छ । यसले विद्यार्थीहरुलाई अनलाइन कक्षाको ब…

जर्मन पशु आश्रयले एडप्ट गर्न मिल्ने घरपालुवा जनावरको प्रोफाइल टिन्डरमा पोस्ट गर्दै

जर्मन पशु आश्रयले एडप्ट गर्न मिल्ने घरपालुवा जनावरहरुको प्रोफाइल टिन्डरमा पोस्ट गरिरह…

टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन सञ्…

अङ्ग्रेजी नयाँ वर्षदेखि ई-पासपोर्ट

आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) नेपालमा औपचारिक रूपमा…

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार हुँदै

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार आयोजना हुन…

इन्स्टाग्रामको नयाँ एन्टी हेट फिचर, चर्चित पोस्टहरुमा कमेन्ट र रिक्वेस्टहरु सिमित गर्न‍े

इन्स्टाग्रामको नयाँ एन्टी हेट फिचरले चर्चित पोस्टहरुमा कमेन्ट र रिक्वेस्टहरु सिमित गर्न…

पैसा दिएर कोरोनाको खोप बारे भ्रामक जानकारी फैलाइदै, ३०८ अकाउन्टमाथि फेसबुकको प्रतिबन्ध

एउटा मार्केटिङ फर्मले इन्फ्ल्युएन्सरहरुलाई कोभिड १९ खोपको विरुद्ध भ्रामक जानकारी फैला…

विद्युतीय खोप प्रमाणपत्रका लागि कीर्तिपुरमा फारम लिन स्थगित, अनलाइनबाट यसरी भर्नुहोस्

क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि  राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र…