कीवर्डहरू -

अपडेट

प्रभु बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने

प्रभु बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन् ।

यस सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंकको शाखा पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सकिने छ । हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरू मार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका निम्ति कनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ ।

अनलाइनबाटै सेल्फ भेरिफाई गरिएका खाताहरूका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रति महिना १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंक मार्फत बुझाएर एक पटक भेरिफाई गराउनु पर्ने बैंकले जनाएको छ ।

बैंक खाता लिंक गरी यसरी गर्नुहोस् सेल्फ भेरिफाई

शुरूमा कनेक्ट आईपीएसको आफ्नो अकाउन्ट लगइन गर्नुहोस् । त्यसपछि कनेक्ट आईपीएसमा लिंक अकाउन्ट अप्सन भित्र आवश्यक विवरण भरी गरी खाता लिन्क गर्नुहोस् ।

अनि म्यानेज अकाउन्टभित्र लिंक गरिएको खातामा सेल्फ भेरिफाई एकाउन्टमा क्लिक गर्नुहोस् र रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त ओटीपी कोड राख्नुहोस् ।

यति गरेपछि अनलाइन लिंक गर्न खोजिएको खातामा जम्मा भएको दुईवटा रकमहरु दाखिला गरी प्रकृया पूरा गर्नुहोस् । अब लिंक गरिएको खाता मार्फत मोबाइल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।

अनलाइन सेल्फ भेरिफाई प्रकृयाको लागि भने ग्राहकले कनेक्ट आईपीएसमा रजिष्टर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर भने एउटै हुनु पर्ने छ ।

अपडेट

स्पेसएक्सले जुलाईमा पहिलो अर्बिटल स्टारसीप परीक्षण उडान गर्ने

स्पेसएक्सले जुलाईमा पहिलो अर्बिटल स्टारसीप परिक्षण उडान गर्ने योजना राखेको छ । आउँद…

अनलाइनबाटै निःशुल्क मर्न स्ट्याक सिकाउँदै ब्रोडवे इन्फोसिस

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क मर्न स्ट्याक सिकाउने भएको छ । यो निःशुल्क सेसन…

फोरके गेमिङ फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुँदै, अब युट्युबमा लाइभ स्ट्रिम नहुने

फोरके गेमिङ नेपाल फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुने भएको छ । आउँदो …

सीडीओको नक्कली फेसबुक आईडी बनाएर पैसा माग

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर…

सागर ग्रुपले नेपाली बजारमा भित्र्यायो ब्रदर ब्राण्डको नयाँ मोडेलका प्रिन्टर

सागर ग्रुपले नेपाली बजारमा ब्रदर ब्राण्डको नयाँ मोडेलका प्रिन्टर भित्र्याएको छ । एकदश…

यूरोपबाट पहिलोपटक भित्रिए १२ अक्सिजन प्लान्ट

एजलिड इन्टरनेसनल प्रालिले यूरोपबाट पहिलोपटक १२ वटा अक्सिजन प्लान्ट आयात गरेको छ । …

वर्डप्रेस विराटनगरले वर्डक्याम्प विराटनगरका लागि ‘उज्जवल थापा मेमोरियल स्कलरसिप’ दिने

वर्डप्रेस विराटनगरले आउँदै गरेको इभेन्ट वर्डक्याम्प विराटनगरका लागि एकजनालाई ‘उज्जवल…

काठमाडौं महानगरले केन्द्रीय कार्यालय र शाखा कार्यालय बाहेकका ठाउँमा एटीएम राख्दा कर लिने

बैंक तथा वित्तिय संस्थाले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाहेकका ठाउँमा एटीएम …

टुटल पठाओ जस्ता राइड शेयरिङ कम्पनीलाई करको दायरामा ल्याउँदै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले टुटल पठाओ जस्ता राइड शेयरिङ कम्पनीलाई करको दायरामा ल्याउ…

गैरआवासीय नेपाली संघ र सगुनबीच समझदारी, कल्याणकारी परियोजनामा सहकार्य गर्ने सहमति 

गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा …

मोबाइल, ल्यापटपमा धेरै समय बिताउँदा आँखामा समस्या

अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषे…

निषेधाज्ञामा ड्राइभिङ लाइसेन्सको म्याद सकिएकालाई पनि जरिवाना

सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको…

एनआइसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने एकजना पक्राउ

भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जड…

मानव बेचबिखन विरुद्धको अभियानमा सीपमूलक ट्रेनिङ सञ्चालन गर्दै स्कलर्स सपेस

मानव बेचबिखन अनुसन्धान ब्यूरो  र माईती नेपालको सहकार्यमा स्कलर्स स्पेसले १  महिना ल…

अन्तरिक्षबाट फुटबल हेर्दै थोमस पेस्वेट

अन्तरिक्षा यात्री