अपडेट
अप्राविधिकलाई लक्षित गरी नेपालमै पहिलो पटक एआई वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी
आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को क्षेत्रमा काम गर्दै आएको संस्था फ्यूजमेसिन इंकले ‘एआई टु गो’ वर्कशप सञ्चालन गर्ने भएको छ ।
आगामी साउन १८ गतेबाट यो वर्कशप सञ्चालन हुनेछ । एआई सम्बन्धि समग्र विषयहरुलाई समेटेर तयार गरिएको यो अनलाईन वर्कशप लगातार चार हप्तासम्म चल्नेछ ।
कम्प्युटर विज्ञान वा यस सम्बन्धित प्राविधिक ज्ञान सीप नभएका वा सिमित ज्ञान भएका पेशाकर्मीहरु तथा कम्प्युटरमा काम गरिरहेका तर एआई सम्बन्धि ज्ञान नभएकालाई लक्षित गरेर यो वर्कशप आयोजना गर्न लागेको फ्युजमेशिन्सले जनाएको छ ।
यस वर्कशपको मुख्य लक्ष्य भनेको सहभागीहरुलाई एआईका बारेमा आधारभूत ज्ञान सीपहरुले युक्त बनाउनु र उनीहरुले काम गरिरहेको पेशागत क्षेत्रमा एआईं तथा मेसिन लर्निङको बारेमा सिर्जनात्मक ढंगले सोच्ने र जिम्मेवारीपूर्वक काम गर्न सक्ने गरी उनीहरुको क्षमता अभिवृद्धि गर्नु रहेको छ ।
यस कार्यक्रममा आठवटा प्रत्यक्ष अनलाइन शत्रहरु सञ्चालन हुनेछन् । ती सत्रहरुको क्रममा अमेरिकाका एआई क्षेत्रका उल्लेखनीय विज्ञ, प्राध्यापकहरु र कम्प्युटर बैज्ञानिकहरुले गेष्ट लेक्चरको रुपमा कक्षाहरु लिनेछन् भने प्रोगामिङ सम्बन्धि प्रयोगात्मक कक्षाहरु पनि संचालन गरिनेछ ।
यसमा सहभागी प्रशिक्षार्थीको सुविधा अनुसार डेस्क्टप कम्प्युटर वा मोबाइल फोनमध्ये जुनसुकै डिभाइसबाट जोडिन सकिनेछ । सहभागीहरुले प्रशिक्षणका विषयहरुसित सम्बन्धित अतिरिक्त अध्ययन सामाग्रीहरु तालिम अवधि भित्र आफूलाई अनुकुल पर्ने जुनसुकै समयमा पनि डाउनलोड गरेर लिन सक्नेछन् ।
सहभागी प्रशिक्षार्थीहरुले एआईटुगो वर्कशपको अन्तमा मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स, डीप लर्निड, क्लासिफिकेसन रिग्रेसन, मेसिन लर्निङ वर्कफ्लो सम्बन्धि समग्र जानकारी, डाटासेट र एआई मोडेल सिर्जना, कम्प्युटर भिजन, नेचुरल ल्याड्ग्वेज प्रोसेसिङ र एमएल मोडेल निर्माणका लागि आवश्यक पर्ने पाइथन सम्बन्धि कार्यमूलक ज्ञान प्राप्त गर्ने विश्वास गरिएको छ ।
फ्यूजमेशिन्सका वरिष्ठ एआई अनुसन्धानकर्ता बुलान्त उयानाइकरले एआई प्रतिको बढदो सचेतनता र डिजिटल रुपान्तरणको युगमा प्रवेश गर्नका लागि सामुहिक आतुरताका बाबजुद पनि यस विषयमा संबन्धित ज्ञान र अनुभव भएका सक्षम व्यक्तिहरुको अभाव रहेको बताए ।
‘एकातिर हामीले एआईटुगो जस्ता गंभीर प्रकृतिका तालिमहरुको माध्यमबाट एआई संबन्धी ज्ञानको पहुँच बृद्धि गर्न प्रयत्न गरिरहेका छौं भने सँगसंगै नेपालका पेशागत समुदायलाई पुनर्सिप र सीप अभिबृद्धिको उपायबाट सशक्तिकरण गर्दै उनीहरु कार्यरत क्षेत्रमै त्यसको उपयोग गर्ने वा बिशुद्ध एआई केन्द्रीत नयाँ पेशामा प्रवेश गर्ने अवसरको पनि ढोका खोलिदिएका छौं,’ उनले भने ।
त्यस्तै फ्यूजमेशिन्सका सीईओ समीर मास्केले देशका हरेक भागमा बस्ने व्यक्तिहरुका लागि उच्च गुणस्तरको एआई शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले दुई वर्ष अघि हामीले ‘नेपालका लागि एआई शिक्षा कार्यक्रम’ संचालन गरेको बताए ।
एकातिर हामीले कम्प्युटर विज्ञान र सूचना प्रविधिका सयौं विद्यार्थीहरुलाई निरन्तर एआईको तालिम अवसर उपलब्ध गराउँदै आएका छौ भने नेपालका अप्राविधिक पेशाकर्मीहरुले पनि देखाएको चासोबाट हामी विशेष उत्साहित भएको मास्के बताउँछन् ।
‘नेपालमा एआई माथि सर्वसाधारणको पहुँच पुर्याउने हाम्रो यात्रालाई अझ गति प्रदान गर्नका लागि हामीले अप्राविधिक क्षेत्रका पेशाकर्मीहरुलाई पनि यस्तै प्रकृतिका तालिमका अवसरहरु बढाउँदै लानुपर्छ,’ मास्के भन्छन, ‘अनि मात्र हामीले नेपालमा ए.आई. शिक्षा र पेशागत अवसरका दुवै क्षेत्रलाई सम्वृद्ध बनाउन सही रुपमा सफलता प्राप्त गर्न सक्नेछौ ।’
यो एआई वर्कशपबारे थप जानकारी लिन र सहभागी हुन यहाँ क्लिक गर्नुहोस् । साथै जुलाई ११ भन्दा अगाडि यस वर्कशपमा इनरोल भए ३० प्रतिशत छुट समेत पाइने छ ।
सन् २०१३ मा स्थापना भएको कम्पनी फ्यूजमेशिनले नेपालका लागि एआई शिक्षा, एआई फाउन्डेसन, माइक्रोडिग्री लगायतका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ ।
अपडेट
इन्स्टाग्रामले आफ्नो स्टोरिमा लिकं शेयर गर्न दिने फिचर परीक्षण गर्दै
इन्स्टाग्रामले आफ्नो स्टोरिमा धेरै मान्छेलाई लिकं सेयर गर्न दिने फिचर परीक्षण गरिरहेक…
रिया मनी ट्रान्सफरबाट अब इसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने
विश्वकै अग्रणी रेमिट्यान्स सेवा प्रदायक तथा युरोनेट वर्ल्डवाइड इंकको सब्सिडायरी कम्पनी…
सामाजिक सञ्जाल दिवस, यस्ता छन् केही तथ्य
सामाजिक सञ्जालले विश्वलाई एउटा प्लेटफर्ममा ल्याएको छ । जहाँ विश्वभरका करोडौं व्यक्ति एकै ठाउँ बसेर छलफल गर्न सक्छन् । स…
ट्विटरले समाधान गर्यो ‘लेटेस्ट ट्विट’ ट्याबलाई डिसेबल गरिदिने बग
ट्वीटरले ‘लेटेस्ट ट्विट’ भन्ने ट्याबलाई डिसेबल गरिदिने बग समाधान गरेको छ । यसले के…
वास्तविक समयमै अनुवाद गर्ने प्रणाली ल्याउन एक स्टार्टअप खरिद गर्दै जूम
जूमले भिडियो कलमा वास्तविक समयमै अनुवाद गर्ने प्रणाली ल्याउनका लागि एउटा स्टार्टअप …
अध्यागमन विभागले शुरू गर्यो डिजिटल भिसा प्रणाली
अध्यागमन विभागले विदेशी नागरिकलाई डिजिटल भिसा दिन थालेको छ । हस्तलिखित भिसा प्रत…
नबिल बैंकले स्थापना गर्यो ‘नबिल दिगो बैंकिङ’
नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल…
विन्डोज ११ को प्रिभ्यूले ब्याट्री जोगाउन रिफ्रेस दर परिवर्तन गर्ने
विन्डोज ११ को प्रिभ्यूले ब्याट्री जोगाउन रिफ्रेस दरलाई परिवर्तन गर्ने भएको छ । रिफ्रेस…
स्मार्टले ८ जीबी डेटासहितको निःशुल्क सीम दिने, यसरी गर्नुहोस् अनलाइन अर्डर
मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले निःशुल्क सीम दिने भएको छ । ८ जीबी डेटा…
साउनबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी
सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य …
चीनले शेयर गर्यो मङ्गल ग्रहको रोभरले खिचेको भिडियो र अडियो (भिडियो)
चीनले मङ्गल ग्रहको रोभरले खिचेको भिडियो र अडियो सेयर गरेको छ । चीनको रोभर जुरोङ…
पठाओ फुडबाट अर्डर गर्दा ३० प्रतिशतसम्म छूट पाइने
पठाओ फुडबाट अर्डर गर्दा ३० प्रतिशतसम्म छूट पाइने भएको छ । ‘डेलिभरी ह्यापिनेस एट यो…
टेलिग्राममा अब ग्रुप भिडियो कल पनि गर्न सकिने
टेलिग्रामले ग्रुप भिडियो कलको फिचर सार्वजनिक गरेको छ । टेलिग्रामको पछिल्लो आईओएस, …
एनआईसी एशिया बैंकको एटीएम मेसिन फोड्दा फोड्दै एक युवक पक्राउ
बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम ‘फोड्दा फोड्दै’ एक…
भोलिबाट सातै दिन मोबाइल तथा कम्प्युटर पसल खुल्ने
भोलिबाट सातै दिन मोबाइल तथा कम्प्युटर पसल खुल्ने भएका छन् । आज बसेको काठमाडौं उपत्…