कीवर्डहरू -

अपडेट

नेपाल विद्युत् प्राधिकरणले अबदेखि देशभर स्मार्ट मिटर उपलब्ध गराउने

नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी स्मार्ट मिटर जडानका विभिन्न योजना अघि सारेको छ ।

काठमाडौँका दुई वितरण केन्द्र मातहत करिब एक लाख स्मार्ट मिटर जडान जारी राखेको प्राधिकरणले उपत्यकाभर र क्रमिक रूपमा देशभर नै स्मार्ट मिटर प्रणाली जडान गर्ने सोचका साथ काम थालेको छ ।

प्राधिकरणले रत्नपार्क र महाराज वितरण केन्द्र मातहतका सम्पूर्ण पुराना ग्राहक मिटर स्मार्टले प्रतिस्थापन गर्न सुरु गरेको हो ।

एसियाली विकास बैङ्कको सहुलियतपूर्ण कर्जाबाट काठमाडौँ उपत्यका स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत हालसम्म करिब ५२ हजार थान स्मार्ट मिटर जडान भइसकेको जनाइएको छ । सो क्षेत्रअन्तर्गत ९७ हजार ग्राहक छन् ।

आयोजना प्रमुख रवीन्द्र श्रेष्ठका अनुसार कोरोना महामारीका कारण केही समय अवरुद्ध भएको जडान प्रक्रिया अहिले सुचारु भइसकेको छ ।

‘महामारीका कारण हाम्रै इन्जिनियर तथा कर्मचारी सङ्क्रमित भएपछि केही समय काम रोकियो,’ उनले भने, ‘ग्राहकले सहज महसुस गर्न थालेपछि र प्राविधिकहरू निको भएपछि अहिले दैनिक ४५० थानसम्म जडान भइरहेको छ ।’

विद्युत् मिटरका लागि चीनको पिङ्गो र विसडम कम्पनीले ठेक्का प्राप्त गरेका थिए । यो कार्यका लागि एडीबीबाट करिब ९४ करोड रुपियाँ ऋण लिइएको हो ।

गत वर्ष साउनबाट मार्गदर्शक आयोजनाका रूपमा सुरु गरिएको यो परियोजना एडीबीकै सहुलियतपूर्ण कर्जामार्पmत उपत्यकाभर विस्तार गर्ने योजना प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय गरिरहेको छ ।

यसका लागि एडीबीले सहमति जनाइसकेको छ यद्यपि सम्झौता भने भइसकेको छैन । प्राधिकरण व्यवस्थापन अहिले बोलपत्र दस्तावेजलगायतको तयारीमा जुटिरहेको छ ।

हाल ९७ हजार ग्राहकबाहेक करिब तीन लाख ७५ हजार ग्राहकका मिटर अब स्मार्ट गराउने योजना प्राधिकरणको छ ।

फ्रिक्वेन्सीको सकस

स्मार्ट मिटर जडान गरेपछि ग्राहकको विद्युत् खपत विवरण प्राधिकरणले आफ्नै कार्यालयबाट प्राप्त गर्न सक्छ । यसका लागि ग्राहकका मिटरलाई जीपीएस वा रेडियो फ्रिक्वेन्सी आवश्यक पर्छ ।

जीपीएसबाट बृहत् रूपमा सञ्चालन गर्न कठिन र महँगोसमेत हुन्छ । प्राधिकरणले रेडियो फ्रिक्वेन्सीका लागि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणमा प्रस्ताव पठाइसकेको छ ।

प्राधिकरण स्रोतका अनुसार ३९३ देखि ३९८.५ सम्मको युटिलिटी फ्रिक्वेन्सी माग गरेकामा दूरसञ्चार प्राधिकरणले वार्षिक दुई अर्ब लिने योजना बनाएको छ तर अन्तर्राष्ट्रिय अभ्यासअनुरूप यो निःशुल्क पाउनुपर्ने तर्क विद्युत् प्राधिकरणले राख्दै आएको छ ।

त्यो शुल्क तिर्नुभन्दा मिटर रिडर नै पठाउने योजना प्राधिकरण व्यवस्थापनको छ । फ्रिक्वेन्सीका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केही दिन पहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ । उनीहरूको स्वीकृतिपछि प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।

प्राधिकरणले हाल सञ्चालन गरिरहेका थ्रीफेज टीओडी तथा ग्राहक स्मार्ट मिटरलाई अनुकूलताअनुरूप जीपीएस पद्धति वा मिटर रिडर पठाएरै ग्राहकलाई विवरण प्राप्त गरिरहेको छ ।

किन स्मार्ट मिटर

स्मार्ट मिटर जडान गरेपछि रेडियो फ्रिक्वेन्सीकै सहायताले प्राधिकरणले ग्राहकको घरको मिटरको बिल मापन गर्न सक्छ भने ग्राहकले पनि आफ्नो विद्युत् खपतलाई नियन्त्रणमा राख्नसक्ने व्यवस्था छ । एपमार्फत ग्राहकले विद्युत सम्बन्धी विवरण पाउन सक्छ ।

अझ यसको आकर्षक पक्ष भनेको सौर्य ऊर्जा जडान गरेका ग्राहकले आफूसँग बढी भएको सौर्य विद्युत् प्राधिकरणलाई बेच्नसमेत सक्ने छन् ।

ग्राहकले आफू जुनसुकै स्थानमा भए पनि आफ्नो घरको विद्युत् खपतको अवस्था जानकारी मोबाइलबाटै लिन सक्छन् ।

त्यस्तै रिमोटबाटै विद्युत् सेवा बन्द गर्न वा सुचारु गर्नसक्ने सुविधा पनि यसमा उपलब्ध हुन्छन् । यसबाट रियल टाइम खपतसमेत ग्राहकले देख्न पाउँछन ।

देशैभर स्मार्ट मिटर

नेपाल विद्युत् प्राधिकरणले अबदेखि सबै खाले ग्राहकलाई स्मार्ट प्रविधि चल्ने विद्युत् मिटर उपलब्ध गराउने भएको छ । अहिलेसम्म थ्रीफेज र टीओडी ग्राहकलाई यस्तो मिटर उपलब्ध गराउने गरेकामा अब सिङ्गलफेज ग्राहकलाई समेत स्मार्ट मिटर उपलब्ध गराउने भएको छ ।

‘यसका लागि हामीले पाँच लाख थान स्मार्ट प्रविधियुक्त मिटर खरिदका लागि टेन्डर आह्वान गरेका छौँ,’ प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले भने, ‘तत्काल स्मार्ट प्रविधि जडान गर्न नसके पनि अब स्मार्ट प्रविधि चलाउन मिल्ने मिटर मात्र ग्राहकलाई हामीले उपलब्ध गराउने गरी यो टेन्डर आह्वान गरिएको हो ।’

प्राधिकरणले यसअघि इलेक्ट्रोनिक मिटर आयात गर्दै आएको थियो । ती मिटरमा समेत मोडेम जडान गरेर स्मार्ट प्रणाली जडान गर्न सकिन्छ । गोरखापत्र बाट

अपडेट

वर्षा र बाढीबारे ११५५ मा फोन गरेर जानकारी लिन सकिने 

नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको छ…

जुन २४ मा सार्वजनिक हुँदै विन्डोज ११, कस्ता हुनेछन् फिचर ?

आगामी जुन २४ मा विन्डोज ११ सार्वजनिक हुन सक्ने अनुमान लगाइएको छ । अहिले विन्डोज १…

युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश विज्ञान प्रविधि कोष स्थापना गरिने

बागमति प्रदेशले प्रदेश विज्ञान प्रविधि कोष स्थापना गर्ने भएको छ । मंगलबार प्रदेश सभा…

नाष्टले काठमाडौं महानगरपालिकाको सहकार्यमा स्मार्ट सिटीको लागि प्रविधिको विकाससँगै रिसर्च र इन्नोभेसनमा काम गर्ने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र काठमाडौं महानगरपालिका बीच समझ…

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै नबिल बैंक, शुक्रबारदेखि सोमबारसम्म बैंकिङ कारोबार बन्द हुने

असार ४ गते शुक्रबारदेखि असार ७ गते सोमबारसम्म नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबा…

प्रदेश १ मा सवारी साधनको दर्ता नवीकरण, इजाजतपत्र, नामसारी लगायतका सेवाहरु अब अनलाइनबाटै

प्रदेश १ ले अनलाइनबाटै सवारी साधनको दर्ता नवीकरण, इजाजतपत्र, नामसारी लगायतका सेव…

शहरी यातायातलाई प्रविधिमैत्री बनाउन ई-टिकेट र ई-भुक्तानीको व्यवस्था मिलाइने

गण्डकी प्रदेशले सवारी साधनमा डिजिटल प्रणाली लागु गरी शहरी यातायातलाई प्रविधिमैत्री…

सार्वजनिक भयो ‘सत्कार’ एप, ग्राहकले कतै नछोएर स्वचालित रुपमा होटल प्रयोग गर्न सक्ने

कोरोना संक्रमणको त्रासले पर्यटन क्षेत्र लामो समयदेखि बन्द छ । मानिसहरुले चाहेर पनि …

सन् २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले अक्टाबेर १४, २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएको छ । विन्डो…

माइक्रोसफ्ट वर्डमा लेखिएको नेपाली अक्षरलाई अब सिधै अन्य नेपाली फन्टमा परिवर्तन गर्न सकिने

माइक्रोसफ्ट वर्डमा नेपाली युनिकोडमा लेखिएको अक्षरलाई अब सिधै अन्य नेपाली फन्टमा परि…

डेटा स्क्रयापिङ ब्लक गर्न लिंक्डइनलाई अमेरिकी सर्वाेच्च अदालतको आदेश

अमेरिकाको सर्वाेच्च अदालतले लिंक्डइनलाई डेटा स्क्रयापिङ ब्लक गर्नका निम्ति एउटा अझै म…

नाबालिकालाई फेसबुक म्यासेन्जरमा अश्लील फोटो र भिडियो पठाउने एक जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले नाबालिकाको सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा अश्लील …

विन्डोज टेनको पछिल्लो अपडेटमा विभिन्न समस्या रहेको प्रयोगकर्ताको गुनासो

प्रयोगकर्ताहरुले पछिल्लो विन्डोज टेन अपडेटमा विभिन्न समस्याहरु भएको रिपोर्ट गरेका छन्…

गण्डकीको नीति तथा कार्यक्रमः यस्ता छन् डिजिटल प्रदेश बनाउने योजना 

गण्डकी प्रदेशले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डक…

राष्ट्रिय आविष्कार केन्द्रद्वारा सरकारलाई ६ करोड बराबरका ५० थान भेन्टिलेटर सहयोग

राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५० थान भेन्टिलेटर सहयोग …