अपडेट
सार्वजनिक यातायातमा अब जीपीएस प्रणाली
चालू आर्थिक वर्षमा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीमा जोडिने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित बनाउन जीपीएस जडान प्रक्रिया अघि बढाएको छ ।
जीपीएसमार्फत गुडिरहेका गाडीको अवस्थाका बारेमा ट्राफिक प्रहरीलाई अनलाइनबाट जानकारी प्राप्त हुनेछ । सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न सहयोग हुने विभागको दाबी छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सार्वजनिक यातायातको नियमन र अनुगमन प्रभावकारी भई ट्राफिक व्यवस्थापनमा सहज हुने भएकाले दुर्घटनामा पनि कमी आउने बताए ।
विश्व बैङ्कको सहयोगमा नमुना परियोजनाका रूपमा जीपीएस जडान गरिँदैछ । महानिर्देशक घिमिरेले भने, ‘सार्वजनिक सवारीमा जीपीएस जडानका लागि टेन्डरको मूल्याङ्कन गरिरहेका छौँ । मूल्याङ्कन सकिएपछि सम्झौता भई यही आर्थिक वर्षमा जीपीएस जडान कार्य सुरु हुनेछ ।’
विभागका अनुसार आगामी दुई महिनामा सामग्री वितरण भइसक्ने छ । सुरुमा एक सयवटा सार्वजनिक सवारीमा जीपीएस जडान गर्नका लागि यातायात व्यवसायीसँग छलफल भएको छ । सार्वजनिक यातायातमा जीपीएस जडान गरिसकेपछि सरकारी गाडीहरूमा गरिने विभागको योजना छ ।
कार्यान्वयन भएन
विभागले उपत्यकाका सडकलाई तीन तहमा विभाजन गरी प्राथमिकीकरण गरेको तीन वर्ष हुँदा पनि कार्यान्वयन गरेको छैन । सवारीसाधनको चाप व्यवस्थित गर्नुका साथै ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणालीमा लैजान सडकलाई प्राथमिकीकरणका आधारमा विभाजन गरिएको थियो ।
विभागले सडकलाई प्राथमिक, द्वितीय र तृतीय गरी छुट्याएको थियो । प्राथमिक रुटमा चक्रपथसँगै आसपासका सडकलाई लिइएको थियो र त्यहाँ ठूला सवारीसाधन तथा यात्रुवाहक सवारीसाधनलाई चल्न दिने भनिएको छ ।
द्वितीय रुटमा मझौला सवारी साधनहरू सञ्चालन हुनेछन् । तृतीय तहको रुटमा साना सवारीहरू सञ्चालन हुने भनिएको थियो र ट्याक्सीलगायतका सवारी यसमा चल्नेछन् ।
यो रुट प्रणाली लागू भएपछि अहिले जस्तो सबै सवारीसाधन एउटै रुटमा चल्न पाउने छैनन् । रुट प्रणालीको यो अवधारणा तयारी अवस्थामा छ तर कार्यान्वयनका लागि विभागले चासो दिएको छैन ।
विभागका प्राविधिक निर्देशक रामशरण पौडेलले भने, ‘यातायात व्यवस्थापनको जिम्मा प्रदेशहरूमा हस्तान्तरण भएको छ । तयारी अवस्थामा थियो तर प्रदेशहरूमा काम विभाजन भएपछि तत्काल अघि बढाउने योजना र सोच बनाएको छैनौ ।’
विभागले उपत्यकाका सयौँ रुटलाई व्यवस्थित गर्न छ वर्षअघि नै ६६ वटा रुटमा झारेको थियो । तीन वर्षअघि थप गरी ६९ वटा रुट पुर्याइएको थियो ।
गोरखापत्र
अपडेट
नेपाल भारत मैत्रीपूर्ण फुटबल खेलको लाइभ अब हाम्रो पात्रोबाट हेर्न सकिने
नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियो…
एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्ने सक्ने
एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले नेपालको अग्रणी अनलाइन दराजबाट किस्ताबन्दीमा…
सानिमा बैंकमा खाता खोल्दा निःशुल्क मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट, एनसेल सीम र डलर कार्ड
सानिमा बैंकले तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको ल…
दराजमा अब सामान किन्नु अघि लाइभ हेर्न सकिने
अनलाइन बजार दराजले दक्षिण एशियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ सुरु गरे…
भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्न सकिने
एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्ने प्रव…
दराजको नयाँ ड्रप अफ पोइन्ट्स, सामान रिटर्न गर्न सजिलो हुने
दराजले ग्राहकहरुको लागी अनलाइन शपिङलाई सहज बनाउन आइएमई पेसँग साझेदारी गरेको छ …
क्युआर कोड स्क्यान गरेरै अब ट्राफिक जरिवाना तिर्न सकिने
महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना …
विन्डोज इन्साइडर प्रोग्रामबाट माइक्रोसफ्टले हटायो केही प्रयोगकर्ता
माईक्रोसफ्टले केही प्रयोगकर्ताहरुलाई विन्डोज इन्साईडर प्रोग्रामबाट निकालेको छ । विन्डो…
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट २ महिना निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्…
बर्जरको फेस्टिभ राइड योजना शुरू, उपहारमा बाईक, स्कटर र मोटरसाइकल प्रदान गरिने
दशैं तिहारलाई लक्षित गरेर बर्जर पेन्ट्सले ‘बर्जर फेस्टिभ राइड’ योजना सार्वजनिक गरेको…
टेक्नोप्रेनर प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि
ग्लोकल प्रालि आयोजना गरेको ‘ग्लोकल टीन हिरो २०२१’ को उपाधि प्राञ्जल चालिसेले जितेक…
गूगलले क्रोमबुकमा आफ्नै प्रोसेसर प्रयोग गर्ने
गूगलले आफ्नै आर्ममा आधारित क्रोमबुक प्रोसेसर निर्माण गर्ने भएको छ । यसमा गूगलको आफ्न…
अन्तर्राष्ट्रिय ब्राण्ड इन्टेक्सका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा
अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान अब नेपाली ब…
सीजी नेटको तीज अफर, यसरी हुनुहोस् सहभागी
सीजी नेटले महिलाहरूलाई लक्षित गर्दै तीजको अफर ल्याएको छ । महिलाहरूको महान पर्व हर…
अक्टोबर ५ मा सार्वजनिक हुँदै विन्डोज ११
अक्टोबर ५ मा विन्डोज ११ सार्वजनिक हुने भएको छ । माइक्रोसफ्टले आगामी अक्टोबर ५ मा वि…