कीवर्डहरू -

फोर्ब्समा २०० मिलियन अमेरिकी डलर लगानी गर्दै बाइनान्स

फोर्ब्समा २०० मिलियन अमेरिकी डलर लगानी गर्दै बाइनान्स

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले फोर्ब्समा २०० मिलियन अमेरिकी डलर रणनीतिक लगानी गर्ने भएको छ । फोर्ब्स १०४ वर्ष पुरानो म्यागजिन र डिजिटल पब्लिसर हो ।

यो लगानीले फोर्ब्सलाई पब्लिकली ट्रेडेड स्पेशल एक्युजिसन कम्पनी एसपिएसीसँग मर्ज हुन मद्दत पुर्याउने बताइएको छ । यो लगानी पछि बाइनान्स फोर्ब्सको शीर्ष दुई स्थानको ठूलो मालिक बन्ने भएको हो ।

नौ जनाको बोर्ड सदस्य टोलीमा अब दुई जना क्रिप्टो कम्पनीका रहने छन् । फोर्बसले सन् २०१४ मा आफ्नो ९५ प्रतिशत स्टेक हङकङमा आधारित कम्पनी वेल मिडियालाई ४७५ मिलियन डलरमा विक्रि गरेको थियो । बाइनान्स सन् २०१७ मा चीनमा स्थापना गरिएको कम्पनी हो ।