कीवर्डहरू -

क्युआर कोडबाट हुने ह्याकिङ दिनदिनै बढ्दै, यसरी जोगिनुहोस् तपाईं

क्युआर कोडबाट हुने ह्याकिङ दिनदिनै बढ्दै, यसरी जोगिनुहोस् तपाईं

क्युआर कोडको नाम त सुन्नु भएकै होला । अहिले धेरै काममा क्युआर कोड प्रयोग भइरहेको छ । नेपालमा पनि अहिले डिजिटल कारोबार गर्न क्युआर कोडको प्रयोग उल्लेख्य मात्रामा प्रयोग भइरहेको छ । पसल पसलमा क्युआर कोड भेटिन्छन् ।

क्युआर कोड प्रयोग गर्न पनि सजिलो छ । मोबाइलबाट स्क्यान गरेकै भरमा बिना झन्झट भुक्तानी गर्न वा कुनै पनि जानकारी पाउन सकिन्छ । यो क्युआर कोड भित्र धेरै कुराहरु लुकेका हुन्छन् ।

कुनै उत्पादनको बाहिरी खोलमा पनि प्रडक्टको थप जानकारी दिन क्युआर कोड राखिएको हुन्छ । त्यस्तै  एप डाउनलोड गर्न, डिजिटल पेमेन्ट, व्यक्तिगत विवरणका लागि पनि क्युआर कोड  प्रयोग गरिन्छ ।

हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै जानकारी लुकेको हुन्छ । यही कोडको सहयोगले एप डाउनलोड गर्ने लिंक पनि प्राप्त गर्न सकिन्छ ।

यसका साथै डिजिटल पेमेन्टका लागि पनि क्युआर कोडको प्रयोग गरिन थालिएको छ । अहिले धेरै काममा धेरै प्रयोगका लागि क्युआर कोड प्रयोग भइरहेको छ ।

क्युआर कोडको पूरा रूप क्वीक रिस्पोन्स कोड हो । यो कोड मोबाइल फोनले सजिलै पढ्न सक्छ । यसमा म्याट्रिक्स बारकोडको प्रयोग गरेर स्पेसिङको सिर्जना गरिन्छ ।

एकपटक क्युआर कोड स्क्यान गरेपछि त्यहाँबाट धेरै जानकारी प्राप्त गर्न सकिन्छ । यसको प्रयोग ठूलो उद्योग, ठूलो व्यवसाय, खुद्रा पसल र अरु थुप्रै ठाउँमा गर्न सकिन्छ । क्युआर कोडले ७ हजार ८९ डिजिट र ४ हजार २ सय ९६ क्यारेक्टर स्टोर गर्न सक्छ, जसमा पंकचुएसन मार्क र विशेष क्यारेक्टरहरु पनि पर्छन् ।

क्युआर कोडको संरचना डेटा कुञ्जीहरूमा त्यसको नक्कलहरू समावेश गरिएको हुन्छ । यसले गर्दा स्क्यानरहरूमा यसको पठन योग्यतालाई असर नगरेरै ३० प्रतिशत कोड संरचना क्षति पुग्दैन् ।

जुनिपर रिसर्चका अनुसार १.५ बिलियन मान्छेहरुले क्युआर कोडको प्रयोग गरिसकेका छन् । तर यति धेरै कुरामा उपयोगी क्युआर कोडले पनि हालको समयमा प्रयोगकर्ताहरुलाई समस्या पारिरहेको छ । क्युआर कोड प्रयोग गरेर ह्याकिङ गर्ने आक्रमणकारीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

क्युआर कोड भित्र लुकेको साइबर खतरा

क्युआर कोडले गर्दा फिशिङको समस्या हुन सक्छ । ह्याकरहरुले भित्तामा, कुनै कोठामा वा कम्प्यूटर स्क्रीनमा कोडहरु छाडिदिएर गएका हुन्छन् जसलाई स्क्यान गर्दा नराम्रो साइटहरुमा पुग्ने गरिन्छ ।

यो प्रक्रियालाई क्युआरएल ज्याकिङ पनि भनिन्छ । बस स्टप वा अरु भिडभाडको ठाउँहरुमा पनि ह्याकरहरुले स्टीकर टाँसेर फिशिङ गर्ने गर्दछन् ।

अर्को तरिका भनेको क्युशिङ हो । यसले प्रयोगकर्ताहरुलाई चर्चित वेबसाइटहरुको नक्कली भर्सनमा लगिदिने गर्दछ । त्यहाँ प्रयोगकर्ताहरुलाई आफ्नो लगइन आइडी हाल्न लगाएर ह्याकरहरुले त्यस्तो जानकारी चोरिदिने गर्दछन् । ह्याकरहरुले निःशुल्क वाईफाई नेटवर्क राखेर पनि क्युआर कोड स्क्यान गर्न लगाउने गर्दछन् ।

यसले गर्दा आक्रमणकारीले शान्त रुपमा बैकिङ र क्रेडिट कार्डको जानकारी चोर्न सक्छन् । सक्कली क्युआर कोडको कागजलाई हटाएर ह्याकरहरुले आफ्नो हानीकारक क्युआर कोड पनि राखिदिने गर्दछन् ।

स्क्यान गर्नुअघि ध्यान दिनुहोला

सार्वजनिक थलोमा क्युआर कोड स्क्यान गर्नुअघि क्युआर कोडको कम्पनी सक्कली जस्तो लाग्छ की लाग्दैन् भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । त्यस्तै तपाईले स्क्यान गरेको कोड तपाइले साचेकै यूआरएलमा देखाउने गर्छ की गर्दैन् भनेर पनि ध्यान दिनुपर्ने हुन्छ ।

आफ्नो डिभाइसमा आएको सेक्युरिटी अपडेटहरुलाई पनि समयमै इन्स्टल गरेमा ह्याकिङबाट बाँच्न सकिन्छ । नचिनेको लिकं आउँदा क्लिक गर्नुहुन्न भनेर सचेत रहेपनि बाहिर जहाँ पायो त्यहीँ क्युआर कोड स्क्यान गर्नुहुदैन् भन्ने चेतना धेरै प्रयोगकर्तामा आइसकेको छैन् ।

कर्पोरेट डिभाइसहरुलाई सुरक्षित गर्ने

व्यवसायी र आईटी प्रशासकीय सदस्यले आफ्नो साइट र एपलाई समय समयमा जाँच गरिरहनुपर्छ । यसले गर्दा आफ्नो क्युआर कोड ह्याक भएको हो की होइन भनेर थाहा हुने गर्दछ ।

सबै कर्पोरेट डिभाइसमा मल्टि फ्याक्टर अथेन्टिकेसन पनि हुनुपर्छ, जसले साइटलाई अझै सुरक्षित बनाउने गर्दछ । अहिले आएर क्युआर कोडमार्फत हुने ह्याकिङ एकदमै बढदै गएको पाइएको छ ।