रुसले गूगल न्यूजलाई ब्लक गरिदिएको छ । रुसले आफ्नो देशमा बन्द गरेको यो अर्काे ठूलो सेवा हो । रोयटर्सको अनुसार रुसको प्राधिकरण सञ्चालक रोस्कोमनाडजोरले गूगल न्यूजलाई ब्लक गरेको छ ।
सार्वजनिक रुपमा अफवाह फैलिने र अनैतिक समाचारहरु गूगल न्यूजमा आईरहेको कारणले गूगल न्यूजलाई ब्लक गरेको बताएको छ ।
समाचारहरुले युक्रेनमा चलिरहेको युद्धको बारेमा पनि झुठो कुरा गरिरहेको रुसले पहिलेनै इन्स्टाग्राम, फेसबुक र ट्वीटरलाई प्रतिबन्ध लगाईसकेको छ । यसबारेमा गूगलले अहिलेसम्म केही पनि बताएको छैन् ।
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      