कीवर्डहरू -

तीन हजारले घट्यो भिभो भी२३ ईको मूल्य, यस्तो छ नयाँ मूल्य

तीन हजारले घट्यो भिभो भी२३ ईको मूल्य, यस्तो छ नयाँ मूल्य

काठमाडौं । भिभो स्मार्टफोनको भी २३ ई मोडलको मूल्य घटेको छ । भी सिरिजको सबैभन्दा लोकप्रिय स्मार्टफोन मध्ये एक भी २३ ईको बजार मूल्य ३ हजार रुपैयाँले घटेको कम्पनीले घोषणा गरेको हो ।

भी२३ई को ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज मोडल अब.४१ हजार ९ सय ९९ रुपैयाँ र अर्को ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज मोडल ४६ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुने छन् । यी दुवै संस्करणमा ३ हजार रुपैयाँले मूल्य घटेको हो ।

नयाँ मूल्य मे १ देखि देखि देशभरका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू भईरहेका छन् ।

हालै बजारमा सार्वजनिक गरिएको भी २३ ई मा ५० मेगापिक्सेल अटोफोकस सेल्फी पोट्र्रेट छ । यो स्मार्टफोनमा नवीन प्रविधि, अटोफोकस र एआई एक्सट्रिम नाइट पोट्र्रेट, मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न पोट्र्रेट मोडहरु रहेका छन् ।

भी २३ ई को रियर क्यामेरामा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड–एंगल क्यामेरा र २एमपी म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ । सुपर नाइट मोडको साथ क्यामेराले कम प्रकाश अवस्थाहरूमा एआई मल्टिपल फ्रेमहरूको मद्दतले ब्राइटनेस र अँध्यारोलाई सन्तुलनमा राख्दौ उत्कृष्ट प्रदर्शन गर्दछ ।

भी२३ई ८ जीबी ¥याम १२८ जीबी वा २५६ जीबी रोममा उपलब्ध छ । यस स्मार्टफोनमा ४ हजार ५० एमएएच ब्याट्री ब्याकअप छ जसमा ४४ वाट फ्ल्यसचार्ज छ । भिभो भी२३ई मा फनटच ओएस १२ रहेको छ जसमार्फत प्रयोगकर्ताहरूले होम स्क्रिनलाई पूर्णरुपमा कस्टुमाइज्ड गर्न सक्छन् ।

७.४१एमएम अल्ट्रा स्लिम फ्लोराइट एजी ग्लास डिजाइनले भी२३ई लाई आकर्षक लुक र उत्कृष्ट अनुभव प्रदान गर्दछ । स्मार्टफोनको रंग फ्ल्याट फ्रेम डिजाइन, मुनलाइट स्याडो र सनसाइन कोस्ट रङका आधारमा छनोट गरिएको छ ।