कीवर्डहरू -

यसरी बनाउनुहोस् यूएसबी ड्राइभलाई बुटेबल

यसरी बनाउनुहोस् यूएसबी ड्राइभलाई  बुटेबल

बुटेबल यूएसबी ड्राइभले थुप्रै अपरेटिङ प्रणालीलाई हार्ड डिस्कमा इन्स्टल नगरेरै लोड गर्न दिन्छ । यो भाइरस संक्रमण र प्रणालीको मर्मत समयमा मद्दत गर्ने गर्दछ ।

यसका लागि तपाईलाई विन्डोज पिसी चाहिने गर्दछ र यूएसबी डिस्क जुन १ देखि ८ जिबी बिचको हुनुपर्छ । त्यस्तै यसको लागि रूफुस पनि चाहिन्छ जसलाई सजिलै इन्टरनेटबाट डाउनलोड गर्न सकिन्छ ।

सर्वप्रथम इन्स्टल गरिएको रूफुस लञ्च गर्नुपर्छ । त्यसपछि रुफुसले डिभाइस सेक्सनमा पेन ड्राइभ लिस्ट गर्नुपर्छ । त्यहाँबाट तपाईको यूएसबी ड्राइभलाई सेलेक्ट गर्नुपर्छ ।

त्यसपछि त्यहाँ रहेको बुट सेलेक्सनसँगैको सेलेक्ट बटनमा क्लिक गर्नुपर्छ । यसपछि आईएसओ फाइल कहाँ छ भनेर ब्राउज गर्नुपर्छ । त्यहाँ रहेको फरम्याट अप्सन अन्तर्गत भोलुम लेबल इन्टर गर्नुपर्छ । यसले के को लागि तपाईले डिभाइस बुटेबल बनाएको हो भनेर निश्चित गर्न सकिन्छ ।

यसले सजिलै फाइलहरु अर्काे पिसीमा ट्रान्सफर गर्न सकिन्छ । फ्लयास ड्राइभ सूरु गर्न स्टार्ट बटन क्लिक गर्नुपर्छ । प्रक्रिया सकिएपछि रयुफस बन्द गरेर सुरक्षित रुपमा यूएसबी ड्राइभ इजेक्ट गर्न सकिन्छ । बुटेबल डिस्क विन्डोजको फस्र्ट एड किट जस्तै काम गर्ने गर्दछ ।