कीवर्डहरू -

सामसंगको ईमेज सेन्सर रहेको पहिलो स्मार्टफोन रियलमी ९ सिरिज नेपालमा चाँडै सार्वजनिक हुने

सामसंगको ईमेज सेन्सर रहेको पहिलो स्मार्टफोन रियलमी ९ सिरिज नेपालमा चाँडै सार्वजनिक हुने

स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी ९ को पछिल्लो शृङ्खला नेपालमा चाँडै ल्याउनेछ । रियलमी ९ सामसंग आईएसओसेल एचएम ६ ईमेज सेन्सरको साथ आउने विश्वको पहिलो स्मार्टफोनहरू मध्ये एक हुनेछ जसले कम प्रकाशमा फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्दछ ।

रियलमी ९ स्नापड्रागन ६८० प्रोसेसरको साथ आउनेछ जुन ६ न्यानोमिटर प्रक्रियामा आधारित छ । यो स्मार्टफोन ९० हर्ट्जको सुपर एमोलेड डिस्प्ले सहित १०२४०–स्तरको ब्राइटनेस समायोजनको साथमा उपलब्ध हुनेछ ।

यसमा रहेको १६ मेगापिक्सेल सेल्फी क्यामेरा फिचरले अँध्यारोमा समेत प्राकृतिक र मुलायम छालाको सेल्फी फोटो लिनको लागि उपयुक्त हुनेछ । यसमा ५००० एमएएचको विशाल ब्याट्री क्षमताका साथ ३३ वाट डार्ट चार्ज टेक्नोलोजीद्वारा सुसज्जित हुनेछ।

यसले मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, र डायनामिक र्याम विस्तार प्रविधि डिआरई पनि समावेश गर्दछ जसले पहिले अवस्थित र्याममा ५ जिबीसम्म थप्न सक्छ । यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राम मात्र छ। यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्व इन्सटल्ड रियलमी यूआई ३.० सँग आउनेछ ।

यसमा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन हुनेछ जसले प्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्दछ ।

रियलमी ९ यस महिनाको अन्त्यमा धेरै रङ विकल्पहरू र र्याम/ स्टोरेज भेरियन्टहरूमा लन्च हुने अपेक्षा गरिएको छ ।