कीवर्डहरू -

सातै प्रदेशमा बिजनेस इन्क्युबेसन सेन्टर स्थापना हुने

सातै प्रदेशमा बिजनेस इन्क्युबेसन सेन्टर स्थापना हुने

सरकारले सातै प्रदेशमा बिजनेस इन्क्युबेसन स्थापना गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

युवा उद्यमशीलता विकास र नवप्रवर्तन प्रवर्द्धन ग्रन स्टार्टअप व्यवसायलाई सुरूवाती पुँजी उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । यस कार्यक्रमको प्रभाव मूल्यांकन गरी सुधार गर्दै लगिने छ ।

‘परियोजनाको आधारमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने छ,’ उनले भने, ‘यस्ता व्यवसायमा भेन्चर क्यापिटल मार्फत पुँजी व्यवस्थापन गर्नुका साथै अध्ययन अनुसन्धानलाई प्रोत्साहन गरिने छ ।’

युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिबाट सञ्चालित हुने व्यवसायलाई प्रोत्साहन गर्न च्यालेन्ज फण्ड स्थापना गरी सहुलियपूर्ण कर्जा उपलब्ध गराइने उनले बताए । सातै प्रदेशमा बिजनेस इन्क्युबेसन सेन्टर स्थापना गरिने छ । यसका लागि २६ करोड रूपैयाँ विनियोजन गरिएको शर्माले बताए ।