कीवर्डहरू -

सरकारले माध्यमिक तहको अंग्रेजी, गणित र विज्ञान विषय अनलाइनबाटै पढाउने

सरकारले माध्यमिक तहको अंग्रेजी, गणित र विज्ञान विषय अनलाइनबाटै पढाउने

सरकारले अंग्रेजी, गणित र विज्ञान विषय अनलाइनबाटै पढाउन भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

माध्यमिक तहको अंग्रेजी, गणित र विज्ञान विषयको विज्ञ शिक्षकबाट भर्चुअल माध्यमबाट शिक्षणको व्यवस्था गरिने छ । त्यसका लागि प्रत्येक प्रदेशमा २० वटा विद्यालयका लागि आवश्यक पर्ने इन्टरनेट, डिजिटल बोर्ड र अन्य सामग्री खरिदका लागि १० करोड विनियोजन गरिएको छ ।

त्यस्तै डिजिटल सिकाइ सामग्री उपलब्ध गराइ विद्यार्थिको सिक्ने क्षमता अभिवृद्धि गरिने उनले बताए ।