कीवर्डहरू -

रोबोट, ड्रोन र थ्रिडी प्रिन्ट सम्बन्धी पाँच दिने तालिम आयोजना हुँदै

रोबोट, ड्रोन र थ्रिडी प्रिन्ट सम्बन्धी पाँच दिने तालिम आयोजना हुँदै

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, रोबोटिक्स एसोसिएसन अफ नेपालको संयुक्त सहकार्यमा प्रोजेक्ट डिजिटल शी नामक कार्यक्रम आयोजना हुने भएको छ ।

यो पाँच दिने प्रशिक्षण हो र यसमा रोबोट निर्माण गर्ने, हार्डवेयर प्रोग्राम गर्ने, थ्रिडी प्रिन्ट र ड्रोन निर्माण गर्ने सिकाइने छ । यो कार्यक्रम काठमाडौँ, ललितपुर, भक्तपुर, दोलाखा, हेटौंडामा सञ्चालन हुँदैछ ।

यस अन्तर्गत पहिलो चरणमा जेठ २७ देखि ३१ गतेसम्म ख्वप इन्जिनियरिङ कलेजमा प्रशिक्षण सञ्चालन भईरहको छ र दोस्रो चरणमा कार्यक्रम असार १ देखि ५ गतेसम्म सञ्चालन हुनेछ ।

यस कार्यक्रममा ३० जना केटीहरुलाई प्रशिक्षण दिइने छ । सहभागी हुने छात्राहरु प्लस टू, इन्जिनियरिङ, आईटी र रोबोटिक्स ब्याकग्राउण्डका हुनुपर्नेछ ।