कीवर्डहरू -

ओप्पो फाईन्ड एनमा एन्ड्रोइड १३ बेटा प्रयोग गर्न सकिने 

ओप्पो फाईन्ड एनमा एन्ड्रोइड १३ बेटा प्रयोग गर्न सकिने 

ओप्पोको पहिलो फोल्डेबल फोन फाईन्ड एनमा एण्ड्रोइड १३ बेटा प्रयोग गर्न सकिने भएको छ । ओप्पोको कलर ओएस अपरेटिङ सिस्टममा आधारित एण्ड्रोइड १३ बिटाको डेभलपर प्रिभ्यु अब चीनका फाइन्ड एन प्रयोगकर्ताहरुका लागि डाउनलोड गर्न सक्ने छन्  ।

फाइन्ड एन सँगसँगै, एण्ड्रोइड १३ बेटा ओप्पो फाईन्ड एकस प्रो फ्लाशिप स्मार्टफोनका विश्वव्यापी प्रयोगकर्ताहरुका लागि पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ओप्पोका प्रमुख उत्पादन अधिकृत पिट लाउले गुगलसँग मिलरे काम गर्दै अत्याधुनिक हार्डवेयरको संयोजन र बढ्दो बजारमा अतुलनीय सफ्टवेयर अनुभव प्रदान गर्न पाउँदा गर्व लागेको बताए ।

ओप्पो फाईन्ड एनमा रहेको एण्ड्रोइड १३ बिटाले मल्टीटास्किङ र समग्र अनुभवको दक्षता हेरेर थप सुधार गर्न ठूलो डिस्प्लेको लागि अनुकुल नयाँ सुविधाहरुको दायरा समावेश गर्दछ ।