कीवर्डहरू -

डिजिटल नेपालको अवधारणा साकार पार्न डिजिटल साक्षरतामा जोड दिनुपर्छः उपकुलपति श्रेष्ठ

डिजिटल नेपालको अवधारणा साकार पार्न डिजिटल साक्षरतामा जोड दिनुपर्छः उपकुलपति श्रेष्ठ

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले डिजिटल नेपालको अवधारणा साकार पार्न डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताएका छन् । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभ २०२२ मा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

डिजिटल नेपाल कन्क्लेभबाट डिजिटल नेपाल फ्रेमवर्कलाई राम्रो फिडब्याक पाउने उनले आशा व्यक्त गरे ।  आजको कार्यक्रममा डिजिटल नेपाल फ्रेमवर्क २०१९ को कुरा धेरै भएको समेत उनले बताए ।

डिजिटल नेपालको सपनालाई साकार पार्न डिजिटल साक्षरतामा जोड दिनु पर्ने बताए । डिजिटल इकोसिस्टम तयार गर्नुपर्छ । साथै डिजिटल पूर्वाधार र डिजिटल एक्सेस एफोर्डबिलिटी पनि बनाउनु पर्ने बताए ।

श्रेष्ठले अनुसन्धान र विकासमा लगानी गर्नुपर्ने धारणा राखे ।  नास्टले सिमित स्रोतसाधनमा काम गरिरहेको बताए । निजी क्षेत्र, विश्वविद्यालयसँग पनि सहकार्य गरिरहेको उनको भनाइ छ । ‘नास्ट भनेको सबैको हो । त्यसलाई सदुपयोग गर्न सहकार्यका लागि आह्वान गर्दछु,’ उनले भने ।

नास्ट आफै पनि स्मार्ट नास्ट हुनुपर्छ भन्दै कार्यक्रम अगाडि बढाएको उनले जानकारी दिए । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नास्टले सातै प्रदेशमा स्पेसलाइज्ड रिसर्च सेन्टर स्थापना गर्न लागेको बताए ।