कीवर्डहरू -

इन्टरनेट विस्तारमा आक्रामक डिशहोम, २ वर्षमा डेढ लाख ग्राहक

इन्टरनेट विस्तारमा आक्रामक डिशहोम, २ वर्षमा डेढ लाख ग्राहक

डिशहोम फाइबरनेटका ग्राहक डेढ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजारमा प्रवेश गरेको डिशहोमले २ वर्षमै १ लाख ५० हजार ग्राहक पुर्‍याउन सफल भएको हो ।

छिटो , सस्तो र  विश्वसनीय इन्टरनेट दिने उद्देश्य अनुसार डिशहोमले देशभर आक्रामक रूपमा फाइबर इन्टरनेट सेवा विस्तार गरिरहेको छ । कम्पनीले १० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म गतीको इन्टरनेट उपब्ध गराइरहेको छ ।

हाल डिशहोम फाइबरनेटको सेवा काठमाडौं उपत्यकाका साथै बुटवल, पोखेरा, घनगढी, भरतपुर, नेपालगंज, लाहान, इटहरी, इनरूवा, विराटनगर, विरगंज, हेटौंडा, गैडाकोट, बनेपा, धरान, दमक लगायत देशका प्रमुख शहरमा सेवा उपलब्ध रहेको छ ।