कीवर्डहरू -

२ हजारमा आजीवन डिम्याट र मेरो शेयर

२ हजारमा आजीवन डिम्याट र मेरो शेयर

एनआईबिएल एस क्यापिटल लिमिटेडले ल्याएको नयाँ वर्ष योजना असार १७ गते समाप्त भएको छ ।

क्यापिटलले ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै २००० रूपैयाँमा आजीवन डिम्याट र मेरो शेयर नविकरण गर्ने योजनाको भने असार ३२ गते सम्मलाई थप गरेको कम्पनीले जनाएको छ।

नयाँ तथा पुराना ग्राहकहरू दुबैलाई लागु हुने यस योजनाले डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुक्त हुने कम्पनीको भनाइ छ । साथै नेपाल इन्भेष्टमेन्ट बैंक तथा इसेवा वा खल्तीबाटै पैसा भुक्तानी समेत गर्न सकिने छ ।