कीवर्डहरू -

के तपाईको स्मार्टफोनमा यी एप छन् ? त्यसो भए तुरुन्तै डिलिट गर्नुहोस्

के तपाईको स्मार्टफोनमा यी एप छन् ? त्यसो भए तुरुन्तै डिलिट गर्नुहोस्

फ्रान्सेली अन्वेषक म्याक्जिम इन्ग्राओले मोबाइलमा इन्स्टल भएका यी ८ एपहरू तुरून्तै हटाउन आग्रह गरेका छन् ।उक्त एपहरू गूगल प्ले स्टोरबाट हटाए पनि धेरैको मोबाइलमा इन्स्टल रहेका छन् ।

लाखौं मोबाइलमा इन्स्टल भएका त्यस्ता एपहरु तुरुन्तै आफ्नो स्मार्टफोनबाट हटाउन इन्ग्राओले सुझाव दिएका छन् ।

ती एपमा भ्लग स्टार भिडियो एडिटर, क्रियटिभ थ्रिडी लञ्चर, फन्नी क्यामेरा, वाउ ब्युटी क्यामेरा, जिआईएफ ईमोजी कीबोर्ड, रेजर किबोर्ड एण्ड थिम, फ्री ग्लो क्यामेरा १.०.० र कोको क्यामेरा भि १.१ रहेका छन् ।

भ्लगिङ एप, क्रियटिभ थ्रिडी लञ्चर, वाउ ब्युटी क्यामेरा, जिआईएफ ईमोजी कीबोर्ड, रेजर किबोर्ड एण्ड थिम १० लाख भन्दा बढी पटक डाउनलोड गरिएका छन् । त्यस्तै फन्नी क्यामेरा ५० लाख भन्दा बढी डाउनलोड भएको छ ।

फ्री ग्लो क्यामेरा १.०.० एपलाई पनि ५ हजार भन्दा बढी पटक डाउनलोड गरिएको छ । कोको क्यामेरा भि १.१ १ हजार भन्दा बढि पटक डाउनलोड गरिएको छ ।