कीवर्डहरू -

गत ५ वर्षमा एनसेलले सरकारलाई तिर्‍यो १ खर्ब ४४ अर्ब राजस्व, कुन वर्षमा कति ? 

गत ५ वर्षमा एनसेलले सरकारलाई तिर्‍यो १ खर्ब ४४ अर्ब राजस्व, कुन वर्षमा कति ? 

एनसेलले एक वर्षमा नेपाल सरकारलाई २१ अर्ब ७५ करोड रूपैयाँ राजस्व तिरेको छ । एनसेलले सार्वजनिक गरेको नेशनल कन्ट्रिब्युसन ओभरभ्यु प्रतिवेदनमा सन् २०२१ मा २१ अर्ब ७५ करोड रूपैयाँ सरकारलाई कर तिरेको उल्लेख गरिएको छ ।

एनसेलले गत ५ वर्षमा  सरकारलाई कर र शुल्क बापत १ खर्ब ४४ अर्ब रूपैयाँ राजस्व बुझाएको छ । ५ वर्षको समयमा सबैभन्दा बढी सन् २०१९ मा ३४ अर्ब ५६ करोड रूपैयाँ कर तिरेको छ, जुन सरकारको कुल राजस्वको ४.४ प्रतिशत हो ।

सन् २०१७ मा २६ अर्ब ८६ करोड कर तिरेको एनसेलले सन् २०१८ मा २८ अर्ब २३ करोड, २०१९ मा ३४ अर्ब ५६ करोड, २०२० मा ३२ अर्ब ६० लाख र २०२१ मा २१ अर्ब ७५ करोड राजस्व सरकारलाई तिरेको छ । एनसेल सरकारलाई सबैभन्दा बढी कर तिर्ने दूरसञ्चार कम्पनी मध्येमा पर्छ ।

एनसेलले आर्थिक वर्ष २०२०-२१ मा नेपालको अर्थतन्त्रमा कुल ५२ अर्ब ३७ करोड रूपैयाँ योगदान गरेको छ, जुन राष्ट्रिय जीडीपीको १.४ प्रतिशत हो । यस्तो योगदान सन् २०१६-१७ मा ८१ अर्ब २१ करोड थियो ।

आर्थिक वर्ष सन् २०१६-१७ को तुलनामा सन् २०२०-२१ मा अर्थतन्त्रमा योगदान कम हुनुको कारण एनसेलले सञ्चालन नाफा घट्नु र मोबाइल पेनिट्रेसनको वृद्धि विस्तारै भएको औल्याएको छ ।

कम्पनीले प्रत्यक्ष रूपमा ५३८ जनालाई रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा हजरौंलाई रोजगारी प्रदान गरेको उक्त रिपोर्टमा बताइएको छ । कम्पनीमा काम गर्ने ९८ प्रतिशत नेपाली छन् भने कुल कर्मचारीको २४ प्रतिशत महिला कर्मचारी छन् ।