कीवर्डहरू -

टिकटक जस्तो बनाइरहेको भन्दै इन्स्टाग्रामको आलोचना

टिकटक जस्तो बनाइरहेको भन्दै इन्स्टाग्रामको आलोचना

इन्स्टाग्रामले आफ्नो एपलाई टिकटकजस्तो बनाईरहेको भन्दै आलोचना भइरहेको छ । हालैमा इन्स्टाग्राम प्रयोग गर्ने हाई प्रोफाइल प्रयोगकर्ता किम कारड्यासियन र काइली जेनरले इन्स्टाग्रालाई पहिलेको जस्तै बनाउनुपर्ने बताएका हुन् ।

इन्स्टाग्रामले अहिले भिडियोमा केन्द्रित फिडको जाँच गरिरहेको छ, जसकारण फिचर राम्राे परिमार्जन नभएरै प्रयोगकर्ताको फिडमा आईसकेको छ ।

यसले जुन पनि पोस्ट भिडियो नै भएका कारण प्रयोगकर्ताहरुलाई दिक्क बनाएको बताइएको छ । यस फिचरमा इन्स्टाग्रामले अझै काम गर्ने र यो परीक्षणलाई अझै सुधार गर्ने बताइएको छ ।