कीवर्डहरू -

हिताचीका चार उत्पादन नेपाली बजारमा

हिताचीका चार उत्पादन नेपाली बजारमा

हिताचीका चारवटा उत्पादन नेपाली बजारमा उपलब्ध भएका छन् । हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर नेपालमा उपलब्ध भएका हुन् ।

नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक रमेश कर्पको सहायक कम्पनी युनिभर्सल इलेक्ट्रोकम प्रालिले चार वटा विभिन्न उत्पादनको घोषणा गरेको छ ।

हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ ।

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले नेपाली ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्ने बताए ।

ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ ।

हरेक नेपाली घरपरिवार माझ नयाँ प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागिपर्ने पनि बताएको छ ।

त्यस्तै हिताचीका प्रबन्धक निर्देशक चेन टेक बेङले रमेश कर्पसँगको साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुना कुनामा विस्तार गर्दै उत्कृष्ट सुविधा र प्रविधिका साथमा प्रत्येक घरलाई समृद्ध बनाउने बताए ।

उक्त कार्यक्रममा एएचएसजीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक एलविन थाम उपस्थित थिए ।