कीवर्डहरू -

भोलिदेखि निमा एकेडेमीको ‘मनसुन महाबचत ज्ञान मेला’, कोर्षमा ५० प्रतिशतसम्म छुट 

भोलिदेखि निमा एकेडेमीको ‘मनसुन महाबचत ज्ञान मेला’, कोर्षमा ५० प्रतिशतसम्म छुट 

भोलिदेखि नीमा एकेडेमीको ‘मनसुन महाबचत ज्ञानमेला’ सुरू हुने भएको छ । शुक्रबारदेखि सुरू हुने उक्त ज्ञान मेला अनलाइनबाट सञ्चालन हुनेछ ।

ज्ञान मेला साउन २० गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ । मनसुन महाबचत ज्ञान मेलामा निमा एकेडेमीले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी अनलाइन पाठ्यक्रमहरूको बन्डल प्याकेज भारी छुटमा प्रदान गर्दैछ । एकेडेमीका उक्त कोर्षहरू पाठ्यक्रम विकास केन्द्रद्वारा अनुमोदित छन् ।

मूख्यत: मनसुन महाबचत ज्ञानमेला अन्तर्गत विद्यार्थीहरूलाई कक्षा १-१० सम्मका विज्ञान र गणित विषयको वार्षिक प्याकेज खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने छ ।

विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सस्तो शुल्कमा उपलब्ध गराउने गरी एकेडेमीले यो मेला आयोजना गर्न लागेको हो । नीमा एकेडेमीका अनलाइन कोर्ष ईपुस्तक, भिडियो, खेल, हाजिरीजवाफ,असाइनमेन्ट र एनिमेसनमा लगायतका सामग्री प्तयोग गरेर तयार गरेको छ ।

अनलाईन शिक्षाको क्षेत्रमा ज्ञानमेला नयाँ कदम मानिने कम्पनीको विश्वास छ । साथै नीमा एकेडेमीले आगामी दिनहरूमा यस्ता अफरहरू ल्याउने जानकारी दिएको छ ।