कीवर्डहरू -

ह्वाट्सएपको पछिल्लो प्राइभेसी फिचरले प्रयोगकर्तालाई अनलाइन स्टाटस लुकाउन दिने

ह्वाट्सएपको पछिल्लो प्राइभेसी फिचरले प्रयोगकर्तालाई अनलाइन स्टाटस लुकाउन दिने

ह्वाट्सएपको पछिल्लो प्राइभेसी फिचरले प्रयोगकर्तालाई अनलाइन स्टाटस लुकाउन दिन्छ । यो फिचर अहिले बेटा चरणमै रहेको छ ।

यसले गर्दा फेस टू फेस कुराकानीहरु झनै सुरक्षित हुने मेटाका सिईओ मार्क जुकरबर्गले बताएका छन् । उनले यो कुरा आधिकारिक फेसबुक पोस्ट मार्फत जनाएका हुन् ।

पहिले पनि केही निश्चित प्रयोगकर्तासँग लास्ट सनि लुकाउन सकिन्थ्यो अब भने अनलाइन भएको पनि लुकाउन सकिन्छ । यो फिचरलाई पनि प्रयोग गरेर कुन प्रयोगकर्तालाई लुकाउने नलुकाउने निश्चित गर्न सकिन्छ ।

ह्वाट्सएपले भ्यू वान्स गर्न मिल्ने कन्टेन्टका लागि स्क्रीनसट ब्लक गर्ने फिचरको पनि जाँच गरिरहेको छ । यो फिचर चाँडै धेरै प्रयोगकर्ताहरुले प्राप्त गर्नेछन् । योसँगै कुनै नोटिफिकेसन नगइकन ग्रुपहरु पनि लिभ गर्न मिल्ने फिचर पनि ह्वाट्सएपमा आएको छ ।