कीवर्डहरू -

स्नापड्रागन एट प्लस जेन वान प्रोसेसर प्रयोग गरिएको साओमीको दोस्रो फोल्डेबल फोन सार्वजनिक

स्नापड्रागन एट प्लस जेन वान प्रोसेसर प्रयोग गरिएको साओमीको दोस्रो फोल्डेबल फोन सार्वजनिक

साओमीको दोस्रो फोल्डेबल फोन ट्याबलेट मोडमा राख्दा ५.४ मिलिमिटरको मात्रै हुने गर्दछ । हालैमा फोल्डेबल फोनमा राम्रो काम गरिरहेको कम्पनी सामसंगले ग्यालेक्सी जेड फोल्ड फोर सार्वजनिक गरेको केही दिन भित्रै साओमीको दोस्रो फेल्डेबल फोन सार्वजनिक भएको हो ।

यसमा रहेको माईक्रो वाटर ड्रप हिन्जले फोनलाई दह्रोसँग बन्द हुन् दिन्छ । यसले गर्दा यो एकदमै पातलो देखिन्छ । यसमा ४,५०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । त्यस्तै फोनमा क्वालकमको स्नापड्रागन एट प्लस जेन वान प्रोसेसर प्रयोग गरिएको छ ।

यसमा ६७ वाटको र्यापिड चार्जिंग सुविधा पनि रहेको छ । यसको स्क्रीनको साईज ६.५६ इन्चको रहेको छ । यसमा डोल्बी भिजन र एचडिआर १० प्लस रहेको छ । यसमा ५० मेगापिक्सेलको प्रमुख क्यामेरा रहेको छ ।

यसमा ८ मेगापिक्सेलको २ ओटा पोट्रेट क्यामेरा र २० मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । साओमी मिक्सड फोल्ड २ १,३४० डलरको मूल्यमा १२ जिबी र्याम र २५६ जिबी स्टोरेज उपलब्ध रहेको छ । डबल स्टोरेजका लागि १,४८० डलर पर्ने गर्दछ । एक टेराबाईट स्टोरेजको १,७८० डलर पर्ने गर्दछ ।