कीवर्डहरू -

दराज मल फेस्ट सुरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिदमा छुट

दराज मल फेस्ट सुरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिदमा छुट

नेपालको अग्रणी ई-कमर्स कम्पनी दराजले साउन ३० देखि दराज मल फेस्ट सुरु गरेको छ । यस अभियानले दराज मलमार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम सपिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, ७ हजार रूपैयाँसम्मको भौचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेको छ ।

दराज मल दराजले सुरु गरेको एक अनलाइन सपिङ मल हो, जसमा सोनी, सामसंग,गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ५०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु रहेका छन् ।

ग्राहकहरुले दराजमल फेस्टमा बैंक डेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्री पेमेन्ट गर्दा थप १५ % रु ७५० सम्म छुट पाउन सक्छन् ।

यसअनुसार मंगलबार ग्लोबल ईएमई बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५% वा रु ७५० सम्मको छुट / तथा डेबिट कार्ड भुक्तानीमा १०% वा ५०० सम्म छुट प्राप्त हुनेछ । यसैगरी बिहीबार मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५% छुट तथा डेबिट कार्ड भुक्तानीमा १०% वा रु ५०० सम्म छुट प्राप्त हुनेछ ।

यस्तै शुक्रबार  नबिल बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १०% छुट (अधिकतम रु ५००)  प्राप्त हुनेछ भने शनिबार  स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १०% छुट (अधिकतम रु ५००) हुनेछ ।

त्यसमा थप्दै, पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट कार्ड/क्रेडिट कार्डमा १०% (अधिकतम रु. ५०० सम्म) को अतिरिक्त प्रि-पेमेन्ट छुट प्राप्त गर्न सक्छन् । त्यसैगरी, दराजमा किनमेल गर्ने र इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले १०% अधिकतम रु ३५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यी बाहेक ब्रान्ड अफ द डे जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गरिएको दराजले जनाएको छ ।

अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिनेछ । उदाहरणका लागि, आमायरा फेसन हाउसले आफ्ना सबै उत्पादनहरूमा ६०% सम्म छुट दिनेछ, एर्कले आफ्ना सबै उत्पादनहरूमा १०% सम्म छुट र फ्यानटेकले अभियानका क्रममा आफ्ना उत्पादनहरूमा ५५% सम्म छुट उपलब्ध गराउनेछ।

यसैगरी दराजका नयाँ प्रयोगकर्ताहरूले पहिलो अर्डरमा रु.२०० को भौचर प्राप्त गर्न सक्नेछन् भने दराज गेम्स, दराज लाइभ र सेलर भाउचर मार्फत थप छुट पनि पाउनेछन्।

समग्रमा, दराज मल फेस्ट भनेको प्रामाणिक उत्पादनहरू प्रदान गर्ने र दराजका ग्राहकहरूको समग्र किनमेल अनुभवलाई अभिवृद्धि गर्ने कम्पनीको दावी छ ।