कीवर्डहरू -

के सामसङ ग्यालेक्सी जेड फोल्ड ४ ले जीपीएस सपोर्ट गर्छ ?

के सामसङ ग्यालेक्सी जेड फोल्ड ४ ले जीपीएस सपोर्ट गर्छ ?

महिनौँ देखि विभिन्न जानकारी हुँदै लिक हुँदै गएपछि हालैमा सामसंगले अनप्याक्ड ईभेन्ट आयोजना गरेर ग्यालेक्सी जेड फोल्ड फोर आधिकारिक रुपले सार्वजनिक हुने जानकारी दिएको थियो ।

सामसङ्ग ग्यालेक्सी जेड फोल्ड ४ कम्पनीले फेरि पनि फोल्डिङ फोन ल्याउने भएको छ । यो फोनमा स्क्रीन क्यामेरा टेक्नोलोजी प्रयोग गरिएको कार्यक्रममा बताइएको थियो ।

यो फोनले एस पेन सपोर्ट पनि पाएको छ । यसमा सामसङले बनाइरहेको अल्ट्रा थिन ग्लास टेक्नोलोजी पनि प्रयोग भएको छ । फोनमा स्नापड्रागन एट प्लस जेन वान प्रोसेसर प्रयोग गरिएको छ ।

यसमा ५० मेगापिक्सेलको प्रमुख क्यामेरा रहेको छ । त्यस्तै यसमा तीन चोटि सम्म जुम गर्न सकिने टेलिफोटो लेन्स पनि रहेको छ । यसमा एन्ड्रोइड १२ एल प्रयोग गरिएको छ । यसमा रिडिजाइन गरिएको टास्कबार पनि रहेको छ ।

कम्पनीले यस फोल्डेबल डिभाइसमा विभिन्न परिवर्तनहरु ल्याएको छ तर आज भने हामी ग्यालेक्सी जेड फोल्ड फोरमा जिपिएस सपोर्ट चल्छ की चल्दैन् भन्नेबारे कुरा गर्नेछौँ ।

ग्यालेक्सी जेड फोल्ड फोरले चार ओटा न्याभिगेसन प्रणाली सपोर्ट गर्ने गर्दछ, जसमा जिपिएस, ग्लेलियो, ग्लोनास र बेईडाउ रहेका छन् ।

धेरै ओटा न्याभिगेसन प्रणाली भएका कारण यसले विभिन्न साईटेलाईट सिग्नलको पहुँच पाउन सकिन्छ । यसले गर्दा प्रयोगकर्ताको लोकेसन पनि सहि आउने गर्दछ ।