कीवर्डहरू -

एक वर्षमा टेलिमको आम्दानी ४४ अर्ब, डाटा र भ्वाइसको प्रयोग बढेपछि आयमा वृद्धि 

एक वर्षमा टेलिमको आम्दानी ४४ अर्ब, डाटा र भ्वाइसको प्रयोग बढेपछि आयमा वृद्धि 

नेपाल टेलिकमले एक वर्षमा ४४ अर्ब रूपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकसम्म ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार रूपैयाँ कुल आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को चौंथो त्रैमासिकसम्म टेलिकमले ४२ अर्ब २० करोड ९९ लाख २ हजार रूपैयाँ कुल आम्दानी गरेकोमा गत आवमा कम्पनीको आफ्नो कुल आय ५ प्रतिशत वृद्धि गर्दै ४४ अर्ब पुर्‍याएको छ ।

गत आवमा टेलिकमले आफ्नो खुद नाफा ८ अर्ब ३८ करोड ८८ हजार पुर्‍याएको छ । यस्तो नाफा आव २०७७/७८ मा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रहेको थियो । डेटा र फोरजी भ्वाइस सेवाको प्रयोग बढेपछि नाफा बढेको टेलिकमले जनाएको छ ।

कुल आय र नाफा बढ्दा कम्पनीको सञ्चालन आय पनि बढेको छ । गत आवमा टेलिकमको सञ्चालन आय ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रहेको छ । त्यो भन्दा अघिल्लो आवमा टेलिकमको सञ्चालन आय ३५ अर्ब ९३ करोड रहेको थियो ।