कीवर्डहरू -

क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भए ? त्यसो भए यसो गर्नुस् 

क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भए ? त्यसो भए यसो गर्नुस् 

क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भएमा स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क राख्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय शिक्षा, सूचना तथा सञ्चार केन्द्रले एक सूचना जारी गर्दै क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र आउन ढिलो भए वा प्राविधिक समस्या भएमा कार्डका लागि स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क राख्न अनुरोध गरेको हो ।

कुनै कारण क्युआर कोडसहितको प्रमाणपत्र आउन ढिला भएमा जोनसन एण्ड जोनसनको हकमा एक मात्रा लगाएको र अन्य खोपको हकमा दोस्रो मात्रा लगाएको स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क राखि क्युआर कोडसहितको प्रमाणपत्र लिन सकिने छ ।