कीवर्डहरू -

मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनः भ्वाइसमा एनसेल अगाडि 

मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनः भ्वाइसमा एनसेल अगाडि 

नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मोबाइल र डाटा सेवाको गुणस्तर परीक्षाण गरेको छ ।

प्राधिकरणले काठमाडौंको टंगाल, हाँडीगाउँ, सानो गौचरण, बौद्ध, चाबहिल, गौरीघाट लगायतका स्थानमा मोबाइल सेवाको भ्वाइस र डाटाको गुणस्तर परीक्षण गरेको हो ।

गुणस्तरीय परीक्षण गर्ने काम गत असार १२ गतेदेखि २२ गतेसम्म चलेको थियो । उक्त परीक्षणमा नेपाल टेलिकम र स्मार्ट टेलिकममध्ये गुणस्तरमा एनसेल अगाडि देखिएको छ ।

परीक्षणमा एनसेलको कल सेटअप दर शत प्रतिशत रहेको छ । त्यस्तै टेलिकमको कल सेटअप दर ९५.७१ प्रतिशत र स्मार्टको ९४.५२ प्रतिशत रहेको छ ।

कल सेटअप टाइममा ३ वटै सेवा प्रदायक असफल देखिएका छन् । प्राधिकरणको थ्रेसहोल्ड ५ सेकेण्ड वा त्यो भन्दा कम रहेको तर कुनै पबि सेवा प्रदायकले त्यो थ्रेसहोल्ड पूरा गर्न सकेका छैनन् । एनसेलको कल सेटअप टाइम ५.१३ सेकेण्ड, टेलिकमको ७.२७ र स्मार्टको ९.३ प्रतिशत रहेको छ ।

यसैगरी एनसेलको कल ब्लक रेट जिरो रहेको छ । यसमा पनि एनसेलले मात्रै प्राधिकरणको थ्रेसहोल्ड पूरा गरेको छ । दुई प्रतिशत वा त्यो भन्दा कम हुनुपर्नेमा टेलिकमको कल ब्लक रेट ४.२९ प्रतिशत र स्मार्टको ५.४८ प्रतिशत रहेको छ ।

यस्तै कल ड्रप रेटमा भने तीनवटै सेवा प्रदायकले एनटीएको थ्रेसहोल्ड पूरा गरेका छन् । कल ड्रप रेटको थ्रेसहोल्ड २ प्रतिशत वा त्यो भन्दा कम हुनुपर्नेमा यसमा भने सबैको जिरो रहेको छ ।

यसैका साथै डाटामा पिङ बाइट्स ३२ राउन्ड ट्रिप टाइममा एनटीएको थ्रेसहोल्ड २५० एमएस रहेको छ । एनटीएको यो थ्रेसहोल्ड सबै सेवा प्रदायकले पुरा गर्न सफल भएका छन् । यस अन्तर्गत टेलिकमको ९०.८ एमएस, एनसेलको १९५.८९ एमएस र स्मार्टको १७२.९३ एमएस रहेको छ ।