बुधबार, १९ असोज, २०७९
Wednesday, 05 October, 2022

नबिल बैंकले नाडा ईभी एक्सपोमा तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र दिने

नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ ।

बैंकले यही असोज ६ गते देखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको नाडा ईभी एक्सपोमा सहभागी हुँदै आफ्ना ग्राहक वर्गहरुलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुल्कमा विशेष छुट उपलब्ध गराउने छ ।

वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो  आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ ।

यस नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. जी १२  मा ग्राहक वर्गलाई तत्काल ऋण मुल्यांकन गरी कर्जा स्वीकृती पत्र शर्तहरु लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।

 

 

सम्बन्धित समाचार