कीवर्डहरू -

सुरू भयो नाडा ईभी अटो शो, यस्ता छन् प्रदर्शनीमा राखिएका विद्युतीय सवारीसाधन (फोटो फिचर)

सुरू भयो नाडा ईभी अटो शो, यस्ता छन् प्रदर्शनीमा राखिएका विद्युतीय सवारीसाधन (फोटो फिचर)

बिहिबारदेखि काठमाडौंको भृकुटिमण्डपमा ‘नाडा ईभी अटो शो २०२२’ सुरू भएको छ । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालमा आयोजना गरेको गरेको ईभी अटो शो चारदिनसम्म चल्ने छ ।

बिहीबार एक कार्यक्रमकाबीच ईभी अटो शोको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन् । ९ वटा ब्रान्डका विद्युतीय कार र १६ वटा ब्रान्डका विद्युतीय स्कुटर तथा बाइकले प्रदर्शनीमा सहभागीता जनाएका छन् ।

नाडा ईभी अटो शो २०२२ मा सभापति तथा नारायणी अटोका प्रबन्ध निर्देशक अनुप बरालले विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न शोको आयोजना गरेको बताए ।

प्रदर्शनीमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्र सवारीसाधनका साथै अन्य अटो कम्पोनेन्टहरू समेत राखिएको छ । प्रदर्शनीमै नयाँ नयाँ सवारीसाधन पनि सार्वजनिक भएका छन् ।

पहिलो दिननै अवलोकनकर्ताको उल्लेखनीय भिड रहेको भन्दै चारदिनसम्म झण धेरैले नाडा ईभी अटो शो अवलोकन गर्ने उनले जानकारी दिए ।

ईभी अटो शोमा टेस्ला, नेटा, नेक्सन, दिगो, हुन्डाई, बीवाईडी तथा टेल्जी, न्यु, सेग्वे, सिटी स्पीड, ट्रेयो, जोए, सीएटिएल लगायतका ब्राण्डका विद्युतीय सवारीसाधन प्रदर्शनीमा छन् ।

नाडा अटोमोबाइलले पहिलो पटक विद्युतीय सवारीसाधनको मात्रै प्रदर्शनी गरेको हो । समयको माग र अबको भविष्य समेत विद्युतीय सवारीसाधन भएकाले विद्युतीय सवारीसाधनको एक्सपो गरेको बरालको भनाइ छ ।

प्रदर्शनीमा विद्युती सवारीसाधनको बारे जानकारी लिन र खरिद गर्न सकिने छ । अटो शोबाट खरिद गर्नेलाई कम्पनीहरूले विभिन्न छुट समेत उपलब्ध गराएका छन् ।

\"\"

\"\"
\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"