कीवर्डहरू -

भाटभटेनीमा एनआईसी एशिया बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट 

भाटभटेनीमा एनआईसी एशिया बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट 

एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट-भटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग (एनआईसी एशिया मो बैंक) एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट पाउने भएका छन् ।

बैंकले नेपालीहरूको महान चाड दशैं, तिहार, छठलगायतका पर्वको पावन अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न २०७९ आश्विन १ गते देखि २०७९ कात्तिक १५ सम्म भाट-भटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद डिजिटल भुक्तानी ग्राहकले उक्त छुट पाउने छन् ।

बैंकले यस अघि सार्वजनिक गरेको ‘दशैं-तिहार महोत्सव’ योजनामा पनि भाट-भटेनी सुपरमार्केट लगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा मात्र) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराइरहेको छ ।

यसअनुसार २०७९ कात्तिक १५ सम्म सेल्सबेरी, बिगमार्ट र साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक तथा छुट उपलब्ध रहेको छ ।

त्यसबाहेक उक्त योजनामा विभिन्न ब्राण्डबाट अनलाईन सामग्री खरिद गरी ई-कमर्श भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुटको प्रबन्ध मिलाइएको छ ।