कीवर्डहरू -

दूरशिक्षाबाट तालिम लिएका विद्यार्थीहरू खालि छैनन्, जब प्लेसमेन्ट राम्रो छ - सीईओ पाण्डे

दूरशिक्षाबाट तालिम लिएका विद्यार्थीहरू खालि छैनन्, जब प्लेसमेन्ट राम्रो छ - सीईओ पाण्डे

पछिल्लो समय नेपालमा सूचना प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । कोरोना महामारीपछि झन हरेक क्षेत्रमा प्रविधिको प्रयोग अनिवार्य जस्तै हुन थालेको छ ।

यस्तो अवस्थामा बजारमा दक्ष जनशक्तिको माग पनि बढेको छ । शैक्षिक संस्थाबाट निस्किएका धेरै जसो विद्यार्थी बजारका लागि तयार भएका हुँदैनन्, जसले गर्दा शैक्षिक संस्था र उद्योगबीच एक किसिमको खाँडल छ । त्यही खाडँललाई कम गर्न सन् २०२० मा जन्मिएको आईटी ट्रेनिङ इन्स्टिच्युट हो, ‘दूरशिक्षा’ ।

कोरोना कालमा अनलाइनबाट मात्रै ट्रेनिङ दिदै सुरू भएको दूरशिक्षा अहिले भौतिक ट्रेनिङमा स्थापित बन्दै छ । २ वर्ष अगाडि सुरू भएको दूरशिक्षा के हो ? ट्रेनिङका लागि किन दूरशिक्षा रोज्ने ? डिप्लोमा कोर्ष के हो ? लगायतका विषयमा दूरशिक्षा एजुकेसन नेटवर्कका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डे सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीको सम्पादित अशः

दूरशिक्षा के हो ? यसले के के सेवा प्रदान गर्छ ?

दूरशिक्षा नेपालको सूचना प्रविधि (आईटी) सम्बन्धि तालिम प्रदान गर्ने एउटा अग्रणी संस्था हो । कोरोना महामारीको समयमा अन्य क्षेत्र बन्द हुँदा सूचना प्रविधि भने चलिरहेको थियो । हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग हुँदै थियो र यसको लोकप्रियता पनि बढ्दै थियो । त्यो बेला अर्थात सन् २०२० एकेडेमीया र उद्योबीच देखिएको दूरीलाई कम गर्न र आईटीमा दक्ष जनशक्ति तयार गर्न दूरशिक्षा स्थापना भएको हो ।

लकडाउनकै बेला कम्पनी स्थापना गर्यौं र अनलाइनबाटै तालिम दिन सुरू गर्‍यौं । हाम्रा लागि लकडाउन एउटा अवसर बनर आयो ।

तर अनलाइन शिक्षामा पनि ग्याप थियो । इन्टरनेटको पहुँच, गुणस्तर लगायतका कारण सबैले अनलाइन कक्षा लिन सक्दैन्थे । त्यो बेला हामीले विद्यायार्थीहरूलाई अनलाइनबाटै प्रोग्रामिङ र रोबोटिक्स सम्बन्धि निःशुल्क तालिम पनि दिएका थियौं । पछिल्लो समय हामी अनलाइन र अफलाइन दुबै माध्यमबाट आईटी ट्रेनिङ दिन थालेका छौं । सँगसँगै निमा एकेडेमीसँग मिलेर बच्चाहरूका लागि ‘जुनियर मेगामाइन्ड’ कोर्ष पनि तयार पारेका छौं । उद्योगलाई आवश्यक जनशक्ति तयार पार्न दूरशिक्षाले काम गरिरहेको छ । त्यसैअनुसार पाठ्यक्रम पनि तयार पारेका छौं ।

अहिले दूरशिक्षाले बच्चाहरूका लागि कोडिङ, रोबोटिक्स र एआईको तालिम प्रदान गरिरहेको छ । दूरशिक्षामा आएर पढ्ने बच्चाका लागि कम्पनीले ल्याब समेत तयार पारेको छ । त्यस्तै सिनियरका लागि प्रोग्रामिङ, नेटवर्क र सेक्युरिटीको तालिम दिइरहेका छौं ।

निमा एकेडेमीसँग सहकार्य गरेर दूरशिक्षाले जुनियर मेगामाइन्ड कोर्ष डिजाइन गरेको छ । कस्तो पाउनु भएको छ प्रतिक्रिया ?

निमा एकेडेमी ई-लर्निङ प्लेटफर्म हो । निमा एकेडेमीसँगको सहकार्यमा दूरशिक्षाले विद्यालयमा पढ्ने बच्चाहरूका लागि भनेर  जुनियर मेगामाइन्ड कोर्ष डिजाइन गरेको हो । यस कार्यक्रमका लागि दूरशिक्षाले फ्याकल्टी व्यवस्थापन, स्रोत व्यवस्थापन र पाठ्यक्रम बनाउने भागमा काम गरिरहेको छ भने निमाले प्लेटफर्म विकास गरेको छ ।

जुन प्लेटफर्ममा विद्यार्थी इनरोल भएर स्टिम अर्थात विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितसहितको मिश्रण कोर्ष पढ्न सक्छन् । मेगामाइन्ड अनलाइन र अफलाइन दुबै तरिकाबाट सकिन्छ । इन्टरनेट नभएको ठाउँमा पनि इन्टरनेट भएको बेला डाउनलोड गरेर अफलाइनमा पढ्न सकिने छ । साथै निमा एकेडेमीको सहकार्य गरेका विद्यालयमा पनि पढ्न सकिन्छ । त्यसकारण जुनियर मेगामाइन्ड कोर्षको प्रतिक्रिया हामीले एकदमै राम्रो पाएका छौं ।

आईटी ट्रेनिङका लागि दूरशिक्षा नै किन रोज्ने ?

दूरशिक्षाले तालिम मात्रै प्रदान गर्दैनन् । कुनै पनि सीप सिक्नु ठूलो कुरा होइन् तर त्यसमै अब्बल हुनु ठूलो कुरा हो । दूरशिक्षाबाट तालिम लिएपछि विद्यार्तीहरू कुनै कम्पनीमा गएर काम गरून् भन्ने हाम्रो चाहना हो । दूरशिक्षाले इन्टर्सीपमा फोकस गर्दैन्,जब प्लेसमेन्टमा फोकस गर्छ । जन प्लेसमेन्टका लागि हामीसँग २५ भन्दा बढी कम्पनी छन् । दूरशिक्षामा बसेका विद्यार्थीहरू खालि छैनन्, कतै न कतै काम गरिरहेका छन् ।

हामी पहिलो दिनदेखि नै विद्यार्थीहरूलाई रोजगारीका लागि तयार गर्छौं । हाम्रो तालिम प्रोजेक्टमा आधारित छ । उनीहरू प्रोजेक्टबाट सिक्छन् । प्रोजेक्टका लागि दूरशिक्षाका शिक्षकले पनि सहयोग गर्छन् । आफुले बनाएको प्रोजेक्ट कुनै पनि कम्पनीमा अन्तर्वाता गर्न जाँदा देखाउन सक्छन् ।

आफुले बनाएको प्रोजेक्टमा आत्मविश्वास पनि हुन्छ । विद्यार्थीलाई प्रोजेक्टको आधारमा ‘ग्रेडेड’ प्रमाणपत्र दिन्छौं । प्रोजेक्ट नगर्ने विद्यार्थीलाई पार्टिसिपेसन प्रमाणपत्र मात्रै दिन्छौं । हाम्रो जब प्लेसमेन्टको सुविधा पनि ग्रेडड विद्यार्थीमा फोकस हुन्छ  । विद्यार्थीहरूलाई सकेसम्म प्रोजेक्ट बनाउन उत्प्रेरित गर्छौं ।

\"\"

नेपालमा उद्योग र एकेडेमीबीच एउटा दूरी सिर्जना भएको छ । त्यसलाई कसरी कम गर्न सकिएला ?

प्रविधि परिवर्तनशील छ । प्रविधिमा हरेक दिन नयाँ नयाँ परिवर्तन आइरहेको हुन्छ । नेपालमा एकेडेमीया र उद्योगबीच दूरी देखिनुको प्रमुख कारण ‘पाठ्यक्रम’ पनि हो । शैक्षिक संस्थाको पाठ्यक्रम उद्योग अनुसार हुँदैन् ।

त्यसको प्रतिफल, उद्योगमा एक खालको जनशक्त आवश्यक हुन्छ, शैक्षिक संस्थाबाट अर्कै खालको जनशक्ति निस्किन्छ । हामीले पनि एकेडेमीया र उद्योगबीच देखिएको दूरीलाई कम गर्न काम गरिरहेका छौं । भविष्यमा माग हुने सीपहरूको मात्रै तालिम दिइरहेका छौं । हामी हरेक वर्ष बजार अनुसार पाठ्यक्रम परिवर्तन गर्छौं ।

पाठ्यक्रम विकासका लागि छुट्टै टिम छ । पाँचवर्षको योजना बनाएर अगाडि बढेका छौं । हामीले गराइरहेको तालिम कुनै कलेज वा विश्वविद्यालयमा गएर दिन सक्यौं भने त्यो दूरी कम गर्न सकिन्छ ।

कम्तिमा पनि स्नातक चौंथो वर्षमा अध्ययनरत विद्यार्थीलाई प्रोजेक्टमा आधारित तालिम दिन सक्यौ भने उद्योगको माग अनुसार जनशक्ति तयार गर्न सक्छौं र त्यसपछि कलेजमै जब फेयर गर्न सक्छौं । ट्रेनिङ दिने संस्था, उद्योग, विश्वविद्यालय र कलेजसँगको सहकार्य गरेर आईटी शिक्षालाई अझै राम्रो र विश्वस्तरीय बनाउन सक्छौं ।

तपाईहरू डिप्लोमा कोर्ष पनि सुरू गर्ने तयारी गर्दै हुनुहुन्छ । डिप्लोमा कोर्षमा के के छन् सुविधा ?

दूरशिक्षाले हालै प्रोफेसनल डिप्लोको पाठ्यक्रम बनाएको छ । यो पाठ्यक्रमलाई स्कटल्याण्डको स्कटिस क्वालिफिकेसन अथोरिटीबाट क्रेडिट रेटिङ गरेका छौं । यसको अर्थ अब दूरशिक्षाबाट डिप्लोमा कोर्ष गरेका विद्यार्थीले विश्वको जुनसुकै विश्वविद्यालयमा पढ्न गएपनि क्रेडिट पाउँछन् ।

उक्त कोर्षलाई स्कटिस क्वालिफिकेसन अथोरिटी र युरोपियन क्वालिफिकेसन फ्रेमवर्कले मान्यता दिएको । अब दूरशिक्षाबाट डिप्लोमा गरेका विद्यार्थी आईटी ब्याचलरमा सेकेण्ड एयरबाट पढ्न पाउने छन् । दूरशिक्षाको डिप्लोमा ब्याचलरको फर्स्ट एयर बराबरको मान्यता दिइएको छ ।

हाम्रो कोर्षलाई १३० क्रेडिट आवरको दिइएको छ । दूरशिक्षा नेपालको एक मात्र एउटा यस्तो आईटी एजुकेसन कम्पनी हो, जसको कोर्षलाई विदेशी विश्वविद्यालयले समेत मान्यता दिन्छन् । अझै पनि नेपालमा क्रेडिट टान्सफर गर्ने चलन छैन् । तर विदेशमा डिप्लोमा कार्यक्रमको क्रेडिट टान्सफर हुन्छ ।

तपाईले धेरै समय सूचना प्रविधिको क्षेत्रमै बिताउनु भएको छ । कस्तो देख्नुहुन्छ, यस क्षेत्रमा नेपालको भविष्य ?
नेपालमा ठूला ठूला आईटी कम्पनी पनि छन् । उहाँहरूले धेरै राम्रो काम गरिरहनु भएको छ । तर धेरै आईटी कम्पनी काठमाडौंमा मात्र केन्द्रित छन् । काठमाडौं बाहिर उद्योग त्यत्ति मुभ भएको देखिदैन् ।

आईटी कम्पनीहरूले आफ्नो केही भाग काठमाडौं भन्दा बाहिर लैजादा त्यहाँ विद्यार्थीलाई समेत अवसर सिर्जना हुन्छ । काठमाडौंमा मात्र नभएर देशका अन्य भुभागमा पनि आईटी पढिरहेका विद्यार्थी छन् । त्यहाँका विद्यार्थी रोजगारीका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । त्यसैलाई मध्यनजर गर्दै दूरशिक्षा फ्रेन्चाइजबाट सातै प्रदेशमा जाने तयारी गरेको छ । केही दिन अगाडि मात्रै पोखरामा शाखा स्थापना भएको छ ।

अब विद्यार्थीले पोखराबाटै आईटी ट्रेनिङ लिन सक्छन्, ट्रेनिङ लिन काठमाडौं आईरहनु परेन् । आईटी कम्पनी र शिक्षालाई काठमाडौं बाहिर पनि लान सकियो भने सूचना प्रविधिमा नेपालको भविष्य राम्रो छ । देशभर नै आईटीका अवसर सिर्जना हुन्छन् । त्यसपछि विदेशबाट समेत मुद्रा आर्जन गर्न सकिन्छ । नेपालमा आईटीको बजारमा एकदमै राम्रो छ, सानो बजार चाहिं होइन् ।

\"\"

अन्त्यमा, आईटीमै भविष्य देखेका विद्यार्थीहरूलाई तपाई के भन्न चाहनुहुन्छ ?

तपाईहरू आफ्नो शिक्षालाई पनि निरन्तर दिनुहोस्, त्यो अनिवार्य छ । प्रोफेसनल तिर मात्रै ध्यान दिनु भयो र डिग्रालाई छोड्नु भयो भने तपाईको ग्रोथ कम हुन सक्छ । यदी तपाई आईटीका सीपमूलक कोर्ष अध्ययन गर्न चाहनुहुन्छ, दूरशिक्षा तपाईको साथी हुन सक्छ । सीपमुलक कोर्ष गरेमा पढ्दै काम गर्न सक्नुहुन्छ ।

फ्रिल्यान्सिङ गर्न सक्नुहुन्छ । आईटीको जब नेपालमा मात्रै होइन्, विश्वभर नै गर्न सकिन्छ । आफुले चाहे अनुसार आम्दानी गर्न सक्नुहुन्छ । आफ्नै उद्यम सुरू गर्न सक्नुहुन्छ । तर प्यासन हुनुपर्छ । यदी तपाईसँग आईटीमा केही गर्ने हुटहुटी छ भने दूरशिक्षा तपाईको खुड्किलो बन्न सक्छ ।