कीवर्डहरू -

लारामाइन्ड्सको प्लेसमेन्ट पार्टनरमा ग्रोथ सेलर्स

लारामाइन्ड्सको प्लेसमेन्ट पार्टनरमा ग्रोथ सेलर्स

सूचना प्रविधि कम्पनी योङ माइन्ड्स र ग्रोथ सेलर्स प्रा.लि बीच सम्झौता भएको छ । योङ माइन्ड्सको सामाजिक कार्यक्रम लारामाइन्ड्सको प्लेसमेन्ट पार्टनरको रूपमा ग्रोथ सेलर्स प्रा.लिसँग सहकार्य भएको हो ।

उक्त सम्झौता पत्रमा योङ माइन्ड्स क्रियसनका सञ्चार अधिकृत रसु खड्का र ग्रोथ सेलर्स प्रा.लिका कार्यकारी निर्देशक सम्झना शर्माले हस्ताक्षर गरेका हुन् ।

यो सहकार्यसँगै लारामाइन्ड्सका सहभागीहरूले प्लेसमेन्टको अवसर पाउनेछन् । यसले गर्दा तालिम लिएपछि विद्यार्थीहरूले प्लेसमेन्टको चिन्ता लिनु नपर्ने बताइएको छ । यति मात्रै नभएर ग्रोथ सेल्र्स प्रा.लिले विभिन्न स्रोत तथा प्रशिक्षक उपलब्ध गराएर लाराभेलको बारेमा थप जानकारी पनि प्रदान गर्नेछन् ।

योङ माइन्ड्सले लारामाइन्ड्स कार्यक्रमको समयमा आवश्यक पर्ने स्रोत, प्रशिक्षक र परियोजना निर्देशिका प्रदान गर्नेछ । तालिमपछि विद्यार्थीलाई प्लेसमेन्टको अवसर सिर्जना हुने र त्यसले करियरमा सहयोग पु¥याउने दुवै कम्पनीको भनाइ छ ।