कीवर्डहरू -

सातै प्रदेशका स्टार्टअपहरुको लागि किङ्स कलेजमा बुटक्याम्प सुरू

सातै प्रदेशका स्टार्टअपहरुको लागि किङ्स कलेजमा बुटक्याम्प सुरू

सातै प्रदेशका ४० बढी स्टार्टअप तथा आईडियाका लागि राजधानीको किङ्स कलेजमा ३ दिने बुट क्याम्प सुरू भएको छ ।

किङ्स कलेजसँगको सहकार्यमा लिभिङ विथ आइसिटीले यसअघि सातै प्रदेशमा आयोजना गरेको स्टार्टअप एण्ड आइडिया फेस्टमा उत्कृष्ट घोषणा गरिएका स्टार्टअप तथा आईडियाका लागि बुटक्याम्प सुरू गरेको हो ।

मंगलबार १० बजेदेखि सुरु भएको कार्यक्रममा ४० बढी स्टार्टअप तथा इन्नोभेटरहरुको सहभागिता रहेको छ । कार्यक्रम ३ दिनसम्म सञ्चालन हुनेछ ।

उद्घाटनको क्रममा किङ्स कलेजका प्रसिडेन्ट नरोत्तम अर्यालले कलेजको लागि यो सुवर्ण अवसर भएको र आगामी दिनमा स्टार्टअप इकोसिस्टम विकासमा सहयोग पुर्‍याउने बताए ।

त्यस्तै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को प्रि इभेन्टको रुपमा यसै सातादेखि विभिन्न कार्यक्रमहरु सुरु भएका छन् । बुटक्याम्पसँगै कार्तिक १८ र १९ गते बानेश्वर बैंक्वटमा यार्सा ल्याब स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना हुँदैछ । यस फेस्टमा देशभरीका १०० बढि स्टार्टअप र इन्नोभेसनहरुको विशेष प्रदर्शनी हुनेछ ।

फेस्टमा स्टिम क्याम्प पनि सञ्चालन हुनेछ । उक्त कार्यक्रमका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन् । २ दिनसम्म चल्ने फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

यसैगरी बुधबार अर्थात आज आइसिटी अवार्डका ३ विधा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टारका उत्कृष्ट १२ प्रतिस्प्रर्धीहरुको लागि नेपाल आन्टरप्रेनर्स हबको सहकार्यमा मेन्टरिङ तथा ओरियन्टेशन कार्यक्रम सुरू हुँदैछ ।

टेन्जेन्ट वेवका संस्थापक सुमन शाक्य, रोस्टर लोजिकका सिइयो बिजेन जोशी, इनोभेट नेपाल ग्रुपका निर्देशक रवि फुँयाल र हाम्रो पात्रोका सिईओ शंकर उप्रेतीले ३६ बढी स्टार्टअप, प्रडक्ट र विद्यार्थीका आईडियालाई मेन्टरशिप उपलब्ध गराउने छन् । बुधबार दिउँसो २ बजेदेखि मेन्टरिङ तथा ओरियन्टेशन सेसन सुरू हुनेछ ।

आईसिटी अवार्डको छनौटको लागि कार्तिक २६ गते प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसन पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । अवार्डको ग्राण्ड फिनाले पुस ८ गते हुनेछ ।