कीवर्डहरू -

सुरू भयो एससीटीको फास्ट बैंकिङ सेवा 

सुरू भयो एससीटीको फास्ट बैंकिङ सेवा 

स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) ले फास्ट बैंकिङ सेवा सार्वजनिक गरेको छ । बुधबार र्याडिसन होटलमा आयोजना भएको एक कार्यक्रममा फास्ट बैंकिङ सेवा सार्वजनिक गरिएको हो ।

नेपाल बैंकर एशोसिएसनका अध्यक्ष अनिल उपाध्यायले फास्ट बैंकिङ प्रडक्ट सार्वजनिक गरेका हुन् ।

बैंकिङ क्षेत्रको आवश्यकतालाई पूरा गर्न नयाँ इन्नोभेटिभ प्रडक्ट ल्याएको एससीटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण भुजुले बताए ।

एससीटी सन् २००१ मा सुरू भएको नेपालको सूचना प्रविधि कम्पनी हो । कम्पनीले विशेष गरी नेपालको वित्तिय क्षेत्रलाई डिजिटाइज बनाउन काम गरिरहेको छ ।