कीवर्डहरू -

आईएमई पेको नयाँ अफर, १ रूपैयाँमै हवाई यात्रा गर्न सकिने

आईएमई पेको नयाँ अफर, १ रूपैयाँमै हवाई यात्रा गर्न सकिने

विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले रू. १ मा सो टिकट प्राप्त गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नु पर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले रू.१ बाहेकको पूर्ण मुल्य क्यासब्याक स्वरूप पाउनेछन् ।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ रू. १ मा हवाई टिकट अफर सार्वजनिक गरिएको हो । अफर कार्तिक ३० देखि मंसीर ९ गरी जम्मा १० दिनसम्म कायम हुनेछ ।