कीवर्डहरू -

नेपाली पात्रोले आम निर्वाचन २०७९ को ताजा अपडेट दिने

नेपाली पात्रोले आम निर्वाचन २०७९ को ताजा अपडेट दिने

आगामी मंसिर ४ गते सम्पन हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको पलपलको ताजा अपडेट समेटिको 'आम निर्वाचन २०७९' नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले लोकपथ डटकमसँग सहकार्य गर्ने सम्झौता गरेको छ  ।

जिनियस सिस्टम्स प्रालिद्वारा सञ्चालित नेपाली पात्रो र इन्की क्विल इन्टरनेशल प्रालिले सञ्चालन गरेको लोकपथ डटकमबीच सहमति भएको हो ।

आम निर्वाचन २०७९ को प्रत्यक्ष तथ्यांक अपडेटसहितको सुविधायुक्त वेवसाइट फिचरिङ वा प्रकाशनका लागि सामग्री उपलब्ध गराउनका लागि यो सहकार्य भएको हो ।

लोकपथ डटकममा आगामी निर्वाचनको अपडेटलाई नेपाली पात्रोमा फिचर गर्ने उदेश्यले यो सहमति भएको छ । नेपाली पात्रोको आईओस एपस्टोर र एन्ड्रोइड प्ले स्टोर संस्करणमा उपलब्ध नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रो र आधिकारीक वेबसाइट https://nepalipatro.com.np मा निर्वाचनसँग सम्बन्धित सबै तथ्यांक तथा प्रत्यक्ष अपडेटलाई पाठक वा प्रयोगकर्ताहरुबीच प्रभावकारी तरीकाले पुर्याउर्नु सहमतिको मुल उद्धेश्य हो ।

त्यस्तै, इन्की क्विल इन्टरनेशनल  प्रधान सम्पादक, सम्पादक तथा सक्रिय पत्रकारहरुलाई तोकेको भूमिका र मेडिया अपडेटको जिम्मेवारीहरु पूरा गर्न इजाजत प्राप्त गरेको संस्था हो । जसको आधिकारिक अनलाइन संस्करण https://Lokpath.com  ले सबै उमेरसमूहलाई जोड्दै आएको छ ।

त्यसैले आमपाठक, दर्शक, श्रोता र प्रयोगकर्ताका लागि आगामी निर्वाचनमा प्रत्येका क्षेत्रको पल–पलको अपडेट गराउनका यो सहकार्य सफल हुने विश्वास लिइएको छ ।