कीवर्डहरू -

साओमी १३ सिरिज सार्वजनिक हुँदै

साओमी १३ सिरिज सार्वजनिक हुँदै

आगामी महिना चीनमा साओमी १३ सिरिज सार्वजनिक हुने भएको छ । यसमा सिरिजमा साओमी १३ र साओमी १३ प्रो गरेर दुई प्रकारको डिभाइस रहनेछ । कम्पनीले यो स्मार्टफोनको बारेमा विबोमा पोस्ट गरेको थियो ।

यसमा एमआईयूआई १४ मा आधारित रहेको एन्ड्रोइड १३ पनि सार्वजनिक हुनेछ । कम्पनीले साओमी १३ सिरिजसँगै वाच एस टू र बड्स ४ टिडब्लुएस पनि सार्वजनिक गर्न सक्ने छ ।

कम्पनीले यो स्मार्टफोन चीनमा डिसेम्बर १ मा स्थानीय ७ बजे बेलुका सार्वजनिक गर्नेछ । गत वर्ष पनि यही समयमा साओमी १२ सार्वजनिक भएको थियो ।