कीवर्डहरू -

आफ्नो सामसङ ग्यालेक्सी फोनमा यसरी डाउनलोड गर्नुहोस् एन्ड्रोइड १३

आफ्नो सामसङ ग्यालेक्सी फोनमा यसरी डाउनलोड गर्नुहोस् एन्ड्रोइड १३

गूगलले एन्ड्रोइड १३ केही समय पहिले सार्वजनिक गरेको थियो । यसमा एपहरूले नोटिफिकेसन पठाउनका लागि स्वीकृती लिनुपर्ने फिचर पनि समावेश रहेको छ ।

एन्ड्रोइड १३ मा नयाँ फोटा पिकर, ब्लुटूथ एलई अडियो र मिडी २.० इन्स्ट्रुमेन्ट सपोर्ट पनि रहेको छ । यसलाई सामसङ ग्यालेक्सी फोनमा डाउनलोड गर्नका लागि तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।

सर्वप्रथम आफ्नो सामसङ ग्यालेक्सी फोनमा सेटिंग एप खोल्नुपर्ने हुन्छ । अब तलसम्म स्क्रोल गरेर सफ्टवेयर अपडेट छान्नुपर्ने हुन्छ ।

यति गरेपछि डाउनलोडमा क्लिक गरेर इन्स्टल गर्नुपर्ने हुन्छ । अब डिभाइसले पछिल्लो अपडेटहरु जाँच गर्ने गर्दछ । अब त्यहाँ अपडेट देखाएपछि इन्स्टल नाउ गर्नुपर्ने हुन्छ ।