कीवर्डहरू -

आइसोसेल एचपिटू इमेज सेन्सरका साथ गयालेक्सी एस २३ सिरिज सार्वजनिक हुने

आइसोसेल एचपिटू इमेज सेन्सरका साथ गयालेक्सी एस २३ सिरिज सार्वजनिक हुने

फेब्रुअरी १ मा सार्वजनिक हुने ग्यालेक्सी एस २३ अल्ट्रा र प्लसमा आइसोसेल एचपिटू इमेज सेन्सर प्रयोग भएको खुलेको छ ।

यसले फोनमा हाई रिजोलुसन तथा राम्रो इमेज खिच्नलाई सहयोग गर्नेछ । एचपिटू अहिले धेरै मात्रामा उत्पादन भईरहेको छ ।

एस २३ अल्ट्रामा पाँच ओटा क्यामेरा सेन्सर रहेको छ । अल्ट्रामा पहिलेको मोडेलहरु भन्दा साइड बटन पनि अलि तल रहेको छ ।

अल्ट्रामा २०० मेगापिक्सेलको प्रमुख क्यामेरा पनि रहेको छ । यसमा अटोफोकस र स्टाबिलाईजेसन पनि राम्रो रहेको छ । दुवै फोन स्नापड्रागन एट जेन २ प्रोसेसरमा चल्ने बताइएको छ ।

यसमा एट कोर सिपियू र १० कोर जीपीयू हुनेछ । यसले २४ जीबी र्‍याम र २ टेराबाईटसम्मको स्टोरेज सपोर्ट गर्नेछ । यसमा एआई, सीपीयू, जीपीयू प्रोसेसर एकीकृत गरिएको छ ।