कीवर्डहरू -

कति होला आईफोन १५ को मूल्य ?

कति होला आईफोन १५ को मूल्य ?

आइफोन १५ को मूल्य लिक (बाहिरिएको) भएको छ । फोर्ब्सको रिपोर्ट अनुसार आइफोन १५ र आइफोन १५ प्रो मोडेलको बिचमा धेरै मूल्यको अन्तर रहेको छ ।

यस वर्ष एप्पलले आइफोन १४ प्रो मोडेलको मूल्य बढाएको थियो । आइफोन १४ प्रो म्याक्सको मूल्य नेपाली रुपैयाँ २ लाख बढी रहेको छ ।

एप्पलले आइफोन १५ को मूल्य झनै बढाउने देखिएको छ । आइफोन १५ प्रोलाई आइफोन १५ को अरू मोडेल भन्दा ३ सय अमेरिकी डलर बढि पर्ने फोर्ब्सको रिपोर्टमा उल्लेख गरिएको छ । यसले गर्दा आइफोन १५ को मूल्य अहिलेको भन्दा धेरै बढी हुने अनुमान गरिएको छ ।