कीवर्डहरू -

फोनपेको नयाँ इतिहास, १ महिनामै १ खर्ब बढीको कारोबार

फोनपेको नयाँ इतिहास, १ महिनामै १ खर्ब बढीको कारोबार

फोनपेले डिजिटल भुक्तानीको कारोबारमा नयाँ इतिहासमा रचेको छ । फोनपेले १ महिनामै १ खर्ब बढीको कारोबार गर्दै नयाँ इतिहास बनाउन सफल भएको हो ।

पुस महिनामा फोनपे नेटवर्कबाट १ खर्ब बढी कारोबार भएको कम्पनीले जनाएको छ । फोनपे नेपालको लोकप्रिय भुक्तानी सेवा सञ्चालक हो ।

फोनपेमा हाल १ करोड ८० लाखभन्दा बढी ग्राहक छन् । त्यस्तै, ५८ बढी बैंक तथा वित्तिय संस्था आवद्ध छन् भने १० लाख बढी व्यवसायी आवद्ध भएका छन् ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो ।