कीवर्डहरू -

विश्वकै सबैभन्दा ठूलो हाइड्रोजन विद्युतीय हवाईजहाजले पूरा गर्याे १० मिनेटको सफल उडान

विश्वकै सबैभन्दा ठूलो हाइड्रोजन विद्युतीय हवाईजहाजले पूरा गर्याे १० मिनेटको सफल उडान

विश्वकै सबैभन्दा ठूलो हाइड्रोजन विद्युतीय हवाईजहाजले १० मिनेटको सफल उडान पुरा गरेको छ । दिगो हवाइयात्राका लागि हाइड्रोजन विद्युतीय हवाईजहाज एकदमै उचित हुने हुँदा जिरोएभियाले विश्वकै सबैभ्नाद ठूलो डोरनियर २२८ नाम गरेको हाइड्रोजन विद्युतीय हवाईजहाजलाई सफल रुपमा हवाइयात्रा पूरा गर्न सफल भएको छ ।

१९ सिट भएको सो प्लेनले बेलायतको कट्सवल्र्ड एयरपोर्टबाट १० मिनेटको फ्लाईट पूरा गरेको हो । यो प्लेन हाइफ्लायर २ प्रोजेक्ट अन्तर्गत निर्माण गरिएको हो । यसले गर्दा सानो यात्रुवाहक प्लेनलाई पनि वातावरणमैत्री बनाउने सक्ने कम्पनीको आशा रहेको छ ।

प्लेनमा प्रयोग गरिएको हाइड्रोजन अनसाइट एलेक्ट्रोलाइजर मार्फत उत्पादन गरिएको हो । परिक्षण फ्लायट सञ्चालन गर्दा प्लेनमा दुई ओटा फ्युल सेल र लिथियम आयन ब्याट्री प्याक प्रयोग गरिएको थियो । यस प्लेनले सन् २०२५ देखि व्यवसायिक फ्लाईटहरु सञ्चालनमा ल्याउने भएको छ ।