कीवर्डहरू -

राष्ट्रिय नवप्रवर्तन सम्मेलन सुरू

राष्ट्रिय नवप्रवर्तन सम्मेलन सुरू

राष्ट्रिय नवप्रवर्तन सम्मेलन सुरू भएको छ । द एसिया फाउन्डेसन र यूके एडसँगको सहकार्यमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालमै पहिलो पटक नवप्रवर्तन सम्मेलन गर्दैछ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल लगायत देश तथा विदेशका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ ।

कार्यक्रममा किनोट स्पीकरको रूपमा ग्लोबल रोबिटिक्स क्लस्टरका उपाध्यक्ष ओलिभर टायन र भारतको नीति आयोगको अटल इन्नोभेसन मिसनका प्रमुख आर रमाननले आफ्नो प्रस्तुती दिएका छन् ।

कार्यक्रममा बोल्दै शिक्षामन्त्री खनालले नेपालमा विभिन्न क्षेत्रमा थुप्रै समस्या र अभाव रहेको  बताए  । ‘हामीले समस्या समाधान र नेपाललाई सुहाउँदो इन्नोभेसन र प्रविधिमा काम गर्नुपर्ने छ,’ उनले भने, ‘अध्ययन र कामको शिलशिलामा लाखौं प्रतिभा विदेशीएका छन् । तर पनि नयाँ इन्नोभेटर र आन्टरप्रेनरहरूले देखाएको उत्साहले परिवर्तनको आशा जगाएको छ ।’

नास्टको कार्यालयमा आयोजना भइरहेको यस सम्मेलनमा नवप्रवर्तनका विविध विषयमा छलफल र बहस हुनेछ ।कार्यक्रमले नवप्रवर्तनको क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला निकायहरूलाई एकैठाउँमा ल्याएको छ ।

कार्यक्रम साँझसम्म सञ्चालन हुनेछ । सम्मेलनमा १ दर्जनबढी इन्नोभेसनहरू प्रदर्शनीमा राखिएको छ ।

\"\"

\"\"

\"\"