कीवर्डहरू -

सामसङका फ्ल्यागशिप फोनहरू पुनः नेपाली बजारमा

सामसङका फ्ल्यागशिप फोनहरू पुनः नेपाली बजारमा

सामसङको सम्पूर्ण सेगमेन्टहरुको फोन ल्याउने योजना बनाएको छ । यसका लागि सामसङले नेपाली बजारमा शीर्ष स्तरका फोनहरु सार्वजनिक गर्दैछ ।

जसले सामसङका ब्रान्ड नेम बोकेको र तिनीहरूले स्मार्टफोनको संसारमा नयाँ इनोभेसनका उत्कृष्ट कार्यहरूका रूपमा प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले सामसङका उत्कृष्ट स्मार्टफोनहरू समावेश भएको यो रोस्टरलाई बजारमा पुनः प्रस्तुत गर्न पाउँदा मलाई साँच्चिकै ठूलो सन्तुष्टि मिलेको बताए ।

ग्यालेक्सी एस२२ सिरिज, ग्यालेक्सी ए७३ फाइभ जी, ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्सी जेड फोल्ड ४ सामसङको फ्ल्यागशिप लाइन–अपका सबै सेगमेन्टहरू नेपालमा केही समयका लागि रोकिएका थिए । तर अब यी सबै सेगमेन्टका समार्टफोनहरु फेरी नेपाली बजारमा फर्किएका छन्।

ग्यालेक्सी एस२२ सिरिजमा ग्यालेक्सी एस २२ मा ६.१ इन्चको डिस्प्ले र ग्यालेक्सी एस २२ अल्ट्राले आफ्ना प्रयोगकर्ताहरूलाई ६.८ इन्चको डिस्प्ले प्रदान गरेको छ।

ग्यालेक्सी एस२२ मा १२ मेगापिक्सेल (एमपी) अल्ट्रा–वाइड र १० एमपी टेलिफोटो क्यामेराहरूद्वारा सुसज्जित रहेको छ। साथै मुख्य रियर क्यामेराको रूपमा वाइड ५० एमपी क्यामेरा रहेका छन्। ग्यालेक्सी एस २२ अल्ट्रामा भने १०८ एमपी वाइड एंगल क्यामेरा रहेको छ। रियरमा उस्तै सपोर्टिङ क्यामेराको साथमा क्वाड क्यामेरा रियर सेटअपको लागि थप १० एमपी टेलिफोटो क्यामेरा दिइएको छ।

दुवै फोनहरूमा क्यामेराको लागि नाइटोग्राफी मोड पनि उपलब्ध छ जसले तिनीहरूको पहिले नै अद्भुत क्यामेरा गुणस्तरको साथ अद्भुत क्याप्चरहरू प्रदान गरेको छ।

ग्यालेक्सी ए७३ ५जी, लोकप्रिय ए– सेगमेन्टको अग्रपंक्तिमा रहेको छ। यो फोन पनि केही अद्भुत सुविधाहरूले भरिपूर्ण रहेको छ । यससँगै ग्यालेक्सी ए७३ ५जीले आईपि६७ रेटिङ पाएको छ।