कीवर्डहरू -

आइफोन १५ प्रो मोडेलमा मात्रै अब वाईफाई सिक्स ई उपलब्ध हुने

आइफोन १५ प्रो मोडेलमा मात्रै अब वाईफाई सिक्स ई उपलब्ध हुने

एप्पलले आइफोन १५ प्रो मोडेलमा मात्रै अब वाईफाई सिक्स ई उपलब्ध गराउने भएको छ । वाइफाइ सिक्स ई आइफोन १५ प्रो र प्रो म्याक्सका लागि उपलब्ध हुने भएको हो ।

एप्पलका विगत केही प्रडक्टहरु जस्तै म्याक मिनी, म्याकबुक प्रो र आइप्याड प्रोले वाइफाइ सिक्सलाई सपोर्ट गर्ने गर्दछ ।

यसले गर्दा कनेक्टीभिटी स्पीडको गति पनि बढ्ने गर्दछ । यसले इन्टरनेटमा अझै राम्ररी सेवा लिन दिन्छ । यसअघि यो फिचर आइफोनको सबै मोडेलका लागि उपलब्ध हुने गर्दथ्यो ।

तर अब एप्पलले अरु फोन र प्रो मोडेल बिचको फिचरहरुमा फरक ल्याउने निर्णय गरेको छ, जसअन्तर्गत यो फिचर प्रो मोडेलका लागि मात्रै उपलब्ध हुनेछ ।