कीवर्डहरू -

साइबर सुरक्षाका लागि आवश्यक सुझाव दिन उच्चस्तरीय कार्यदल गठन

साइबर सुरक्षाका लागि आवश्यक सुझाव दिन उच्चस्तरीय कार्यदल गठन

साइबर सुरक्षाका लागि आवश्यक सुझाव दिन उच्चस्तरीय कार्यदल गठन भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठककले उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

सूचना प्रविधिविज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित कार्यदलको सदस्यमा विज्ञहरू बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम रहेका छन् ।

कार्यदलको सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञ रहने र सदस्य सचिवमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

कार्यदलले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार पार्नेछ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसिमा दिइएको छ ।